सिन्धुपाल्चोक-२ मा कांग्रेसका बस्नेत विजयी, ११,८७४ मतान्तरले तामाङ पराजित
News Desk
Nov-25 , 2022 तारिख 11:40 बिहान

सिन्धुपाल्चोक-९ मंसिर २०७९

 सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गर्नुभएको हो ।

बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गर्नुभएको हो । कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याउनुभएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोक–२ मा कांग्रेसले पहिलोपटक जीत निकालेको हो । तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जित्नुभएको थियो ।

सिन्धुपाल्चोक–२ को प्रदेशसभा (१) मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा (२) मा माओवादी केन्द्रकै कृष्णकुमार तामाङ निर्वाचित हुनुभएको छ ।

धेरै पढिएको