News Desk
गुल्मी । गुल्मी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारी विजयी भएका छन् । एमाले नेता प्रदीपकुमार ज्ञवालीलाई १,१७७ मतान्तरले हराउँदै भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।कांग्रेसका भण्डारीले ३२,५७३ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी ज्ञवालीले ३१ हजार तीन सय ९६ मत ल्याएका छन् ।
यसअघि २०७४ को निर्वाचनमा गुल्मी १ मा ज्ञवालीसँग भण्डारी झन्डै ७ हजार मतान्तरले पराजित भएका थिए । निर्वाचन कार्यालयले मतपरिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दामोदर भण्डारीले १५१९ मत पाउँदा मंगोल अर्गनाइजेसनका लोकबहादुर थापाले २०२ मत ल्याएका छन् । गुल्मीमा १० उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।