काभ्रेपलाञ्चोक २ बाट नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटा विजयी
News Desk
Nov-25 , 2022 तारिख 01:25 बेलुका

काभ्रे । काभ्रेपलाञ्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटा ४५ हजार ३ सय ४५ मतका साथ विजयी भएका छन् । उनले नेपाली कांग्रसका शिवप्रसाद हुमागाईंलाई ५ हजार ८ सय ६३ मतको अन्तरले पराजित गरेका हुन् ।

हुमागाईंले ३९ हजार ४ सय ८२ मत ल्याएका छन् । सोही क्षेत्रका अर्का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५ सय ७३ मत पाए ।

धेरै पढिएको