धादिङ १ बाट राजेन्द्र पाण्डे विजयी
News Desk
Nov-25 , 2022 तारिख 01:30 बेलुका

काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । एकीकृत समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका पाण्डे ३५ हजार ९ सय ३४ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई ७९८१ मतान्तरले विजयी भएका हुन् । मुख्यमन्त्री पाण्डेले ३५ हजार ९ सय ३४ मत ल्याउँदा निवर्तमान सांसद भूमिप्रसाद त्रिपाठीले २७९५३ मत ल्याएका छन् ।

 

 

 

धेरै पढिएको