News Desk
भोजपुर । भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किराती विजयी भएका छन् । दुई हजार तीन सय ८५ मतान्तरले पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका उम्मेदवार शेरधन राईलाई हराउँदै भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा किराती विजयी भएका हुन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका किरातीले २८ हजार पाँच सय ७८ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी एमालेका राईले २६ हजार एक सय ९३ मत प्राप्त गरे ।
कुल एक लाख २३ हजार तीन सय ७९ मतदाता हुँदा ६१ हजार आठ सय ३० मत खसेको थियो ।