इलाम २ बाट नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित
News Desk
Nov-27 , 2022 तारिख 12:43 बेलुका

इलाम,१० मंसिर। इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए ।

नेम्वाङ २०७४ सालमा पनि यस क्षेत्रबाट निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि सभामा यसै क्षेत्रबाट निरन्तर निर्वाचित हुँदै आएका छन् ।

धेरै पढिएको