स्पेनसँग हारबाट जोगियो जर्मनी, यस्तो छ नकआउट पुग्ने सम्भावना
News Desk
Nov-28 , 2022 तारिख 11:01 बिहान

कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

प्रतिस्पर्धात्मक खेलको ४० औं मिनेटमा एन्टोनी रुडिगरले जर्मनीका लागि गोल गरेका थिए । तर, भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता पाएन । खेलको ६२ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ८३ औं मिनेटमा निकलस फूलक्रुगले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरी ल्याए । यस बराबरीसँगै समूह ‘ई’ बाट दुबै टोलीको नकआउट सम्भावना कायम रहेको छ ।

स्पेनले २ खेलमा ४ अंक जोडेको छ । स्पेन शीर्ष स्थानमा रहेको छ । जर्मनी २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ।

समूह चरणको पहिलो खेलमा जर्मनी जापानसँग २–१ ले पराजित भएको थियो। स्पेनले कोस्टारिकालाई ७–० ले पराजित गरेको थियो। स्पेनसँग लज्जास्पद हार व्यहोरेको कोस्टारिकाले आइतबार जापानलाई हराएसँगै समूहका चारवटै टोलीका लागि नकआउट चरण सम्भावना खुल्ला भएको हो।

२०१८ को विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिँला स्पेन अन्तिम १६ बाट बाहिरिएको थियो। यसअघि २०१० को विश्वकपमा पनि यी टोली भिडेका थिए।

सेमिफाइनलमा स्पेनले जर्मनीलाई १–० ले पराजित गरेको थियो। जर्मनीले पछिल्लोपटक २०१४ मा विश्वकप जितेको थियो। जर्मनीले उपाधि जित्दा अर्जेन्टिनालाई १–० ले पराजित गरेको थियो। विश्वकपमा स्पेन र जर्मनीको १२ वर्षपछि समूह चरणमा भेट भएको हो।

कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले पहिलो जित निकालेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा आइतबार राति क्यानडालाई ४-१ गोल अन्तरले हराउँदै क्रोएसियाले पहिलो जित निकालेको हो ।

क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे । मार्को लिभाजा र लेभ्रो माजेरले एक एक गोल गरे । क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए ।

खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो । दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । तर, ३६ औं मिनेटमा क्रमारिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याए ।

४४ औं मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए । खेलको ७० औं मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३- १ को अग्रता दिलाए ।

त्यस्पपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४-१ को जित दिलाए । जितसँगै समूह ‘एफ’ को क्रोएसियाले २ खेलमा ४ अंक जोडेको छ । क्रोएसिया शीर्ष स्थानमा रहेको छ । क्यानडाको यो लगातार दोस्रो हार हो ।क्यानडा पुछारमा रहेको छ ।

यो हारले क्यानडाको विश्वकप सपना समूह चरणमै टुंगिने निश्चिचत भएको छ। क्रोयसियाको भने अघिल्लो चरणको सम्भावना छ।

तर दुई स्थानका लागि तीन टोलीले प्रतिस्पर्धा गर्नुपर्ने छ। अन्तिम खेलमा क्रोयसिया र बेल्जियम भिड्ने छन्। बेल्जियम पनि गत विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। लगातार दुई खेल जित्दै अघिल्लो चरण प्रवेश गर्ने तयारीमा रहेको बेल्जियमलाई आइतबार मोरक्कोले धक्का दियो।

अन्य २ टोलीको समान ४ अंक हुँदा बेल्जियमको ३ अंक मात्रै छ। अन्तिम खेलमा उसले क्रोयसियालाई हराउनै पर्ने बाध्यता छ। बराबरी भएको अवस्थामा पनि बेल्जियमको यात्रा समूह चरणमै टुंगिने छ।

क्यानडा भने समूह चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ। यसअघि आयोजक कतारको यात्रा टुंगिने निश्चित भइसकेको छ। दोस्रो चरणका खेल चलिरहँदा अहिलेसम्म फ्रान्सले मात्रै नकआउटमा स्थान बनाएको छ।

धेरै पढिएको