बाजुरामा मतगणना फेरि रोकियो
News Desk
Dec-02 , 2022 तारिख 11:00 बिहान

काठमाडौँ-१६ मंसिर २०७९

 बाजुरामा हिजोदेखि शुरु भएको मतगणना कार्य अहिले फेरि रोकिएको छ।

बाजुराको हिमाली गाउँपालिका-६ स्थित धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढि मतपत्र भेटिएपछि मतगणना रोकिएको हो ।

प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत खसेपछि मतगणना रोकिएको हाम्रा संवाददाता प्रकाश सिंहले जानकारी दिएका छन ।

यसअघि ७ हजार ५ सय १० मत गणना हुँदा नेपाली काँग्रेसका बद्री पाण्डेले ४ हजार दुई सय १४ र नेकपा एमालेका कर्ण थापाले तीन हजार ६६ मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकमा सहमति भएपछि हिजो साँझबाट त्यहाँ मत गन्न शुरु गरिएको थियो तर अहिले फेरि विवाद भएपछि गणना रोकिएको हो ।

धेरै पढिएको