फर्स्ट लेडिको जन्मदिनको अवसरमा लायन्स क्लबले गर्‍यो भोजन कार्यक्रम
News Desk
Dec-05 , 2022 तारिख 04:24 बेलुका

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धले क्लबकी फर्स्ट लेडी अन्जु रेग्मी आचार्यको जन्मदिनको उपलक्ष्यमा चन्द्रागिरिमा अवस्थित अरविन्द योग मन्दिरमा आश्रित बालबालिकाहरुलाई भोजन गराएको छ । क्लबले लियो क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धसँग सहकार्य गरि सोमबार आश्रम पुगी २ सय बालबालिकाहरुलाई भोजन गराएको हो ।

भोजन अघि क्लबले एक औपचारिक कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धकी प्रमुख सल्लाहकार पार्वती खरेल पाण्डेले प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै सिद्धार्थ गौतम बुद्धले यस बर्ष उत्कृष्ट काम गरेको र अरविन्द योग आश्रमले पनि पुण्य कार्य गर्दै आएको प्रसंग कोटयाउनुहुँदै यसबाट सबैले प्रेरणा लिनुपर्ने उल्लेख गर्नुभयो ।

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धका अध्यक्ष नारायण रेग्मीले लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धले फर्स्ट लेडीको जन्मदिनको अवसरमा अरविन्द योग आश्रममा आश्रित बालबालिकासँगै खाना खाने कार्यक्रम राख्न पाउँदा खुशी लागेको बताउनुहुँदै क्लबले मानविय सहायता केन्द्रित सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको उल्लेख गर्नुभयो ।

त्यसैगरि, अरविन्द योग आश्रमका अध्यक्ष रामचन्द्र दासले पुर्खाले दिएको ज्ञानलाई बिर्सदै जाने हो भने समाज गतिशिल बन्न नसक्ने बताउनुभयो । आयस्रोतका साधनहरु आफनै अर्गानिक खेती, गाई पालन, अगरबत्ती, ट्रेकिङ, थांका, पस्मिना आदी २५ आयामबाट आश्रम आत्मनिर्भर रहेको बताउदै आश्रमले योग र अध्यात्मिक ज्ञानका मार्फत समाजलाई सदमार्गमा हिडन प्रेरित गर्दै आएको पनि उहाँले बताउनुभयो ।

फर्स्ट लेडी अन्जु रेग्मी आचार्यले आश्रमका बालबालिका आफनै बालबालिका रहेको अनुभुत भएको बताउदै साथमा रहेर भोजन गर्न पाउदा अनुग्रहित रहेको बताउँनुभयो ।

कार्यक्रममा लायनहरु सुर्य केसी, बिष्णु प्रसाद भण्डारी, क्लबका फर्स्ट भिपि नारायण सुवेदी, मधुसुदन पराजुली, सरोज ओझा, लगायतले बोल्नुभएको थियो ।

धेरै पढिएको