News Desk
काठमाडौं ।हालै सम्पन निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका प्रदिप पौडेलले उक्त क्षेत्रले भोगेको नाङ्गो तारको समस्यालाई व्यवस्थापन गर्न पहल सुरु गर्नुभएको छ । सांसद पौडेलले बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेर काठमाडौं ५ सहित उपत्यकामा रहेको विद्युतीय तारको समस्या हल गर्न आग्रह गर्नुभएको छ ।
सबै सडकका पोललाई यथाशक्य चाँडो प्रतिस्थापन गरी भूमिगत गर्न, प्रतिस्थापन भएका ठाउँमा सडकमा पारिएका खाल्डा पुर्न र सम्पूर्ण नाङ्गो तारलाई कालो तारले प्रतिस्थापन गर्न सांसद पौडेलले आग्रह गर्नुभयो।
कार्यकारी निर्देशक घिसिङले कतिपय स्थानमा काम भइरहेको र कतिपय स्थानमा काम गर्न अवरोध सिर्जना भएको,भित्री सडकहरूमा साघुँरो बाटो र ढल एकै ठाउँमा भएका कारण काम गर्न अप्ठ्यारो रहेको तर, तीन वर्ष भित्रमा यस काम सम्पन्न हुने बताउनुभयो ।
निर्देशक घिसिङले समस्या हल गर्न काठमाडौंमा २० ओटा सब-स्टेसन निर्माण गर्ने तयारी बारे जानकारी गराउनुहुँदै उक्त क्षेत्र अन्तर्गत टोखा नगरपालिकामा पनि एउटा स्टेसन निर्माण हुने उल्लेख गर्नुभयो ।