शिक्षामा समान अवसर पुर्याउनुपर्नेमा शिक्षासेवी एवम बुद्धिजिवीको जोड
News Desk
Dec-22 , 2022 तारिख 10:03 बिहान

                                     

काठमाण्डाैं, पुस ६ गत्ते । नेपालमा शिक्षाकाे गुणस्तर वृद्धिसँगै नेपालका सबै क्षेत्रका ब्यक्तिका लागि शिक्षामा समान पहुँचकाे खाँचाे रहेको राजधानीमा आज आयाेजित एक समाराेहमा औल्याइएकाेछ । युनाईटेड नेशन्स एकेडमिक  ईम्पैक्टकाे सह कार्यमा दिब्यभुमि मल्टिपल कलेजद्वारा ललितपुरमा आज  आयाेजित सम्मेलनमा साे कुरा औंल्याईएकाे हाे ।" शिक्षामा सबैकाे समान पहुँच " पुर्याउने उदेश्यले  आयाेजित  साे सम्मेलनमा वक्ताहरूले  शहरी र ग्रामीण परिवेशमा अध्ययन अध्यापनमा संलग्न बिध्यार्थी सहित सम्बद्ध सबैमा शिक्षाकाे समान अबसर पुर्याउन सके नेपालकाे शैक्षिक गुणस्तर वृद्धि हुनेमा जाेड दिनु भयाे । 

साे सम्मेलनमा दिब्यभुमि मल्टिपल कलेजका संस्थापक अध्यक्ष  प्रमाेद शाहले हाम्राे आर्थिक अवस्था तथा शिक्षाका लागि प्राप्त अबसर अपर्याप्त रहेकाेले यसतर्फ गंभीरभइ सबै सरकारी एंब निजी संस्थाहरू मिलेर सहकार्य गरेर गुणस्तरिय तथा प्रयाेगात्मकशिक्षाकाे बिकासमा जाेड दिनुपर्ने बताउनु भयाे ।  

यसैगरी सामुदायिक  विद्यालय शान्ति शिक्षा मन्दिर सेकेण्ड्री स्कुलका प्रधानाध्यापक सुदम गाैतमले शैक्षिक बातावरणमाक्रमिक सुधार गर्दै विद्यार्थीलई अध्ययनमूखी बनाउनुपर्नेमा जोड दिनु भयाे ।  यस्तै विशेष स्कुल तथा पुन:स्थापना केन्द्रका संस्थापक अध्यक्ष सबिता उप्रेतिले हाम्राे समाजमा अबसरकाे पहिचान गरि त्यसलाई ब्यबस्थित तबरमा शारीरिकरूपमा असक्तहुनेहरू समक्ष पनि पुर्याउनु पर्ने चर्चा गर्नु भयाे ।   

बतास फाउण्डेशनका ब्यवस्थापक निर्मल भण्डारीले शिक्षा मानिसकाे नैसर्गिक अधिकार हाे भन्दै यसमा सबैकाे पहुँच पुर्याउन जरूरी भएकाे बताउनु भयाे।साे अबसरमा प्राध्यापक प्राध्यापक चन्द्र कटुवालले बिधार्थी जीवनमा शिक्षा संगै याेगकाे आवश्यक्ता अपरिहार्य रहेकाे बताउनुभयाे ।                                                             सम्मेलनकाे अन्त्यमा दिब्यभुमि मल्टिपल कलेजका  संस्थापक अध्यक्ष प्रमाेद शाहले कलेजमा प्रध्यापन कार्यमा संलग्न बालकृष्ण प्रसादलाई टाेकन अफ लभ तथा प्राध्यापक प्रसादले सम्मेलनका अतिथिहरू लाई टाेकन अफ लभ प्रदान गर्नु भयाे ।  यस्तै विशेष स्कुल तथा पुन:स्थापना केन्द्रका अध्यक्ष सबिता उप्रेतिले सम्मेलनमा सहभागी ३७ जनालाई  प्रमाणपत्र प्रदान गर्नु भयाे ।                                                                       

साे शैक्षिक सम्मेलनकाे शुभारम्भ नेपालकाे राष्ट्रिय गानबाट आरम्भ भएकाे थियाे।

धेरै पढिएको