अष्ट्रेलियाको एडीलेडमा बृहत सोनाम ल्होछार हुने
News Desk
Dec-22 , 2022 तारिख 07:59 बेलुका

 

अष्ट्रेलिया  ।  प्राकृतिले सजिएको दक्षिण अष्ट्रेलियाको ऎतिहासिक नगरी एडीलेडमा ल्होछार महोत्सव हुने भएको छ।  तामाङ सोसाइटी अफ अस्ट्रेलियाले बौद्ध मार्गीहरुको महानपर्ब २८५८औ सोनाम ल्होछार एडीलेडमा आयोजना गर्ने तय गरेको हो । आगामी फेब्रुअरी ५तारिखमा एडीलेट स्थित द बर्दन कम्युनिटी हलमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजनामा आउने छ । नेपाली बाणिज्य दूतावास एडीलेट,एनआरएनए दक्षिण अष्ट्रेलिया एवम् सिटी अफ वैस्टटोरिन्जको सहकार्यमा ल्होसार कार्यक्रम भव्यतापुर्वक संचालन हुने आयोजकको अपेक्षा छ।
        
मुलतःतामाङ जातिको सांस्कृतीक पहिचानका रूपमा रहेको  यस महोत्सवमा जातीय संस्कृति  तथा धार्मिकता जगेर्ना गर्ने उदेश्य रहेको आयोजक समितिका सदस्य छेदा लामाले बताए। उनका अनुसार जातीयता झल्काउने भेष भुषा,खानपिन एवम् साङ्गितिक  गतिविधि संचालन गर्न तयारी भैरहेको जनाएका छन् ।
      
आयोजक समितिका संस्थापक एवम् सल्लाहकार अनन्त कुमार घिसिङ (दिपक ) ले आफुहरु भब्य तयारीमा जुटेको जनाए।उनका अनुसार प्रबासमा रहेर आफ्नो जातीको सांस्कृतीक संरक्षणमा जोडिन पाँउदा आफूलाई खुशी लागेको उनले बताए । औपचारिक कार्यक्रममा नेपालबाट जनप्रतिनिधि,उच्च पदस्थ सरकारी प्रतिनिधि एवम् कलाकारहरुलाई ल्याउने तयारी रहेको उनले जानकारी समेत दिए ।  
   
उक्त ल्होछार महोत्सवमा सहभागी हुनेलाई  निशुल्क प्रवेश तथा सांस्कृतीक  खाना एवम्  गित संगीतले मनोरंजन दिलाउने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

धेरै पढिएको