एडीलेड ल्होछार महोत्सवको उदघाटन अष्ट्रेलियाली मन्त्रीले गर्ने
News Desk
Jan-04 , 2023 तारिख 01:44 बेलुका

अष्ट्रेलिया । पहिलोपटक अष्ट्रेलियाको एडीलेटमा हुन लागेको ल्होछार महोत्सवको उदघाटन अष्ट्रेलियाका व्यापार तथा पर्यटन राज्यमन्त्री डोन फेरलले गर्ने तय भएको छ । आयोजक समितिका संस्थापक एवम् सल्लाहकार अनन्त कुमार घिसिङ (दिपक )ले उक्त कुराको पुष्टी गरेका हुन । उनका अनुसार मन्त्री फेरलको सचिवालयले उनको सहभागिता रहने बारे जानकारी दिईसकेको छ ।

त्यसो त महोत्सव आयोजना गर्न आयोजक समिति व्यापक तयारीमा जुटेको छ।बौद्ध मार्गीहरुको महानपर्ब २८५८औ सोनाम ल्होछार फेब्रुअरी ५तारिखमा एडीलेडमा आयोजना गर्ने तय भएसँगै सांस्कृतीक तथा औपचारिक कार्यक्रमको लागि व्यापक तयारी गरिएको हो। दिपकले नेपालीको सांस्कृतिक एवम् जातीय पहिचान पनि हुने भएकाले महोत्सवमा अष्ट्रेलियाली सरकारी अधिकारीहरुलाई समेत आमन्त्रण गरेको जनाएका छन् । नेपालबाट सांसद साथै कलाकार आमन्त्रण गरिसकेको पनि उनले बताए ।  

अष्ट्रेलिया एवम् सिटी अफ वैस्टटोरिन्जको सहकार्य तथा नेपाली बाणिज्य दूतावास एडीलेट,एनआरएनए दक्षिण अष्ट्रेलिया एवम् शुभचिन्तकहरुले ल्होसार कार्यक्रम सफल पार्न तत्परता देखाएको आयोजक संस्थाले जनाएको छ ।

धेरै पढिएको