एनआरएनए दक्षिण कोरियाको नवौं महाअधिवेशन जुलाई २ मा हुने
News Desk
Jan-06 , 2023 तारिख 03:50 बेलुका

काठमाडौ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए दक्षिण कोरियाको नवौं महाअधिवेशन जुलाई २ मा हुने भएको छ । २०२२ डिसेम्बर १८ मा बसेको एनआरएनए कार्यसमितिको बैठकले २०२३ जुलाई २ मा नवौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष दीपक पुनले बताए ।
बैठकले उक्त निर्णयसंगै एनआरएनए दक्षिण कोरियाले महाधिवेशनको तयारी स्वरूप नयाँ सदस्यता खोल्ने तयारी लगाएत सम्पूर्ण प्रक्रियाको मापदण्ड तथा मितिहरू तोक्ने कार्य पनि गरेको छ । यस विषयमा आफ्नो सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्य सहित गत डिसेम्बर ३१ मा जुम मार्फत नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको सहजीकरणमा एनआरएनए दक्षिण कोरियाले नवौं महाधिवेशन सम्बन्धि पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरेको थियो ।

एनआरएनए कोरियाको नवौं राष्ट्रिय महाधिवेशन निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न नयाँ सदस्यता सम्बन्धि प्रक्रियाले महत्वपुर्ण भुमिका खेल्दै आएको छ । यसै कुरालाई ध्यानमा राखी नयाँ सदस्यता दर्ता प्रक्रियालाई सहज र निष्पक्ष बनाउन एनआरएनए कोरियाले ३-३ सदस्यीय प्रमाणीकरण समिति बनाएको छ।
समितिको अध्यक्षमा एनआरएनए कोरियाका अध्यक्ष दिपक पुन, कार्यालय सचीव बाबु काजी श्रेष्ठ र एक जना पछि निर्णय गर्ने जनाइएको छ ।
यस्तै पर्यवेक्षण समितिमा एनआरएनए कोरियाका आईसीसी सदस्यबाट डा. विमल सुवेदी र सोम तामाङ रहेका छन भने पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष कृष्ण प्रसाद गौतम रहने गरि समिती निर्माण गरिएको छ ।
जसमा प्रमाणीकरण समितिले सदस्यता प्रमाणित गर्न पाउने तथा नयाँ सदस्यता दर्ता प्रक्रियामा केहि प्रक्रियागत तथा नीतिगत समस्य देखिएको खण्डमा पर्यवेक्षण समितिले उक्त समस्याउपर छानबिन गरि प्रमाणीकरण समितिलाई छानबिन तथा समिक्षा गर्न निर्देशन दिने गरि गठन गरिएको छ । साथै नयाँ सदस्यता दर्ता प्रक्रियामा विगतका दिनहरुमा भोगेका समस्यालाई आउन नदिन तथा नयाँ सदस्य बन्न चाहने व्यक्तिको हकहितको संरक्षण गर्न एनआरएनए कोरियाले नयाँ सदस्यता दर्ता प्रक्रियामा सदस्य प्रमाणीकरण मापदण्ड निर्धारण गरेको छ ।
जस अन्तर्गत विदेशी दर्ता कार्डको दुरुपयोग रोक्न निमित्त उक्त कार्डको अगाडिको भागमा जन्म मितिको भाग बाहेकको भाग छोपेर अथवा जन्म मितिको भाग मात्र राखिने छ । साथै, कार्डको पछाडिको भागमा भिसा सहित रहने गरि बैठकले निर्णय गरेको छ ।
कार्ड नभएको अथवा कार्ड सम्बन्धि सर्त पुरा नहुने खण्डमा प्रमाणीकरणको लागि माग भएको ब्यक्तिगत जानकारी दिनु पर्ने अथवा एनआरएनए दक्षिण कोरियाको कार्यालय भ्रमण गरि अनुमोदन गर्नु पर्ने निर्णय गरेको छ ।
नयाँ सदस्यता दर्ता प्रक्रियामा कसैको दाबी, बिरोध भएको खण्डमा उक्त सदस्य माथि दाबी बिरोध गर्न १ हप्ताको समय दिने र कुनै सदस्य माथि दाबीबिरोध परेको खण्डमा ब्यक्तिगत जानकारी मगाई अनुमोदन गरिने एनआरएनए कोरियाका प्रवक्ता सन्तोष खड्काले जानकारी दिए ।
ब्यक्तिगत जानकारी समयमा उपलब्ध नभएको खण्डमा अथवा अनुमोदन गर्ने क्रममा नया सदस्य प्रमाणीकरण मापदण्ड नपुगेको ठहर भएमा सदस्यता रद्ध गर्ने निर्णय भएको छ । यसको साथै एनआरएनए कोरियाको नयाँ सदस्यताको निवेदन दिन योग्य हुनको निमित्त कम्तिमा कोरिया आएको मितिले १८० दिन काटेको हुनुपर्ने निर्णय भएको खड्काले बताए । उक्त कार्यक्रम सभ्य र भब्य बनाउन आफुहरु तयारीमा लागेको अध्यक्ष पुनले बताए ।

 

एनआरएनए दक्षिण कोरियाले कोरियावासी नेपालीहरुको लागि नयाँ सदस्यताको दर्ता प्रक्रिया खुल्ला गरेको जानकारीसहित निम्न सुचना जारी गरेको छ ।

उपरोक्त सम्बन्धमा एनआरएनए दक्षिण कोरियाले मिति २०२२ डिसेम्बर ३१ तारिख देखि एनआरएनए दक्षिण कोरियासंग जोडिन चाहनुहुने सम्पूर्ण कोरियावासी नेपालीहरुको लागि नया सदस्यताको दर्ता प्रक्रिया खुल्ला गरेको जानकारी गरिन्छ ।
एनआरएनए दक्षिण कोरियाले यस पटकको सदस्य प्रमाणीकरण मापदण्ड यस प्रकार रहने गरि निर्धारण गरेको छ ।
1. Alien Registration Card को अगाडिको भागमा (जन्म मितिको भाग बाहेकको भाग छोपेर अथवा जन्म मितिको भाग मात्र रहने गरि)- कार्डको दुरुपयोग रोक्न, र कार्डको पछाडिको भागमा VISA सहित रहने गरि लिने ।
2. Alien Registration Card नभएको अथवा कार्ड सम्बन्धि सर्त पुरा नहुने खण्डमा प्रमाणीकरणको लागि माग भएको ब्यक्तिगत जानकारी दिनु पर्ने अथवा कार्यालय भ्रमण गरि अनुमोदन गर्नु पर्ने ।
3. नया सदस्य माथि दाबी/बिरोध गर्न १ हप्ताको समय दिने र कुनै सदस्य माथि दाबी/बिरोध परेको खण्डमा ब्यक्तिगत जानकारी मगाई प्रमाणीकरण गर्ने र ब्यक्तिगत जानकारी समयमा उपलब्ध नभएको खण्डमा अथवा प्रमाणीकरण गर्ने क्रममा नया सदस्य प्रमाणीकरण मापदण्ड नपुगेको ठहर भएमा सो सदस्यता रद्ध गर्ने ।
4. एनआरएनए दक्षिण कोरियाको नया सदस्यताको निवेदन दिन योग्य हुनको निमित्त कम्तिमा कोरिया आएको मितिले १८० दिन (६ महिना) काटेको हुनुपर्ने ।
5. सदस्यता आवेदकले NRNA South Korea को KEB Hana Bank को खाता नम्बर (259-910205-83305), Account Holder Name 엔알엔에 코리아 (NRNA) मा २०,००० वोन (बिस हजार वोन) जम्मा गरेको भौचरको scan वा फोटो खिच्ने र आवेदनका क्रममा Make Payment को Receipts मागेको ठाउँमा upload गर्ने ।

साथै एनआरएनए दक्षिण कोरियाको नवौं महाधिवेशन तथा नया सदस्यता दर्ता प्रक्रिया सम्बन्धि सम्पूर्ण मितिहरू यस प्रकार रहेको जानकारी गरिन्छ ।
१. एनआरएनए दक्षिण कोरियाको नया सदस्यता खोल्ने मिति: ३१ डिसेम्बर २०२२, पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने
२. सदस्यता बन्द हुने: २१ मे २०२३, बेलुकी ठिक ५ बजे
३. सदस्यता सुची प्रकाशन हुने: ४ जून २०२३, बेलुकी ठिक ५ बजे
४. दाबी/बिरोध पेश गर्ने समय: ४-९ जून २०२३, बेलुकी ठिक ५ बजे
५. सदस्यता अन्तिम नामावली घोसणा गर्ने: ११जून २०२३, बेलुकी ठिक ५ बजे
६. क्षेत्रको अधिवेशन सम्पन्न गर्ने : १८ वा २५ जून २०२३
७. नवौं अधिवेशन गर्ने: २ जुलाई २०२३
८. चुनाव गर्ने: ९ जुलाई २०२३

धन्यवाद
गैर आवासीय नेपाली संघ,
राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया

धेरै पढिएको