गुणस्तरहीन घ्युसहित एक जना पक्राउ
News Desk
Jan-07 , 2023 तारिख 06:07 बेलुका

 

वीरगञ्ज -  पर्सा प्रहरीले गुणस्तरहीन घ्यु सहित एक जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधामा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहत कार्यालय समेतबाट खटेको प्रहरी टोलीले सर्लाहीको विष्णु गा.पा.वडा नं.८ बत्रौलका ४४ वर्षिय राजेश कुमार रायलाई पक्राउ गरेको हो ।

रायले वीरगञ्ज,महानगरपालिकाकाे वडा नं. १६ स्थित आफ्नै घरमा संचालन गरेको श्री गणपती रिपैकिङ उद्योग, गणपती पूजा समाग्री रिपैकिङबाट मिसावट गरी तयार पारिएको घ्युहरु बरामद गरिएको जिल्ल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरी टोलीले गुणस्तरहीन घ्यु सहित रायलाई नियन्त्रणमा लिइ नापतौल तथा गुणस्तर कार्यालय वीरगंज र जिल्ला प्रशासन कार्यालय पर्सासंग समन्वय गरी थप अनुसन्धान कार्य गरिरहेको जनाइएको छ ।

 


प्रहरीले रायको घरबाट २० किलो तौलमा प्याकिङ गरिएका डाल्डा घ्यू २ हजार २ सय ६० लिटर र बिभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घ्यू ६ सय १३ लिटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरि नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

धेरै पढिएको