पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालियो
News Desk
Jan-15 , 2023 तारिख 12:17 बेलुका

 काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जा“दासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो । पुुरानो विमानस्थलको पछाडिपट्टि  सेती नदी दोभानमा जहाज खसेको थियो ।

धेरै पढिएको