प्रधानमन्त्री दाहाल, सभापति देउवा र अर्थमन्त्री पौडेलसँग जापानी संसद तथा पुर्व मन्त्रीको भेट
News Desk
Jan-15 , 2023 तारिख 01:52 बेलुका

काठमाडौं । नेपालको घनिष्ट मित्र राष्ट्र जापानको सत्तारुढ पार्टी ‘लिवरल डेमोक्राटिक’ का सांसद तथा पूर्व राज्यमन्त्री ताईरा मासाकी सहितको टोलीले प्रधानमन्त्री पुष्प कमल दाहाल सहित उच्चपदस्थ नेताहरुसँग भेटगरेको छ।

नेपाल- जापान सम्बन्धलाई अझै फराकिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको तीन सदस्यीयटोलीले शुक्रबार प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा अर्थमन्त्रीविष्णुप्रसाद पौडेलसँग भेटगरी छलफलगरेकोहो।

उक्तभेटकाअवसरमा प्रधानमन्त्री दाहालले जापान नेपालको सबैभन्दा पुरानो मित्ररहेकोबताउँदै नेपालको आर्थिक सामाजिक विकासमा जापानले निरन्तर रुपमा सहयोग गर्दै आएकामा धन्यवाददिएका थिए।जापानसरकारसँगै जाइकालगायतका संस्थाबाट नेपालले धेरैसहयोगपाएको उनको भनाई थियो।

प्रधानमन्त्री दाहालले नेपाल अहिलेविकासको चरणमाप्रवेशगरेको छ भन्दैआगामीदिनमापनि जापानको सहयोग धेरै महत्वपूर्ण हुने बताए।नेपालमा लगानीका लागि अनुकुलवातावरण बनाइने जानकारी दिंदै प्रधानमन्त्री दाहालले जापानी व्यवसायीलाई नेपालमा लगानीगर्न आउनेगरी वातावरण तयारगरिदिन आग्रहगरे।

गतवर्ष आफुले जापानको भ्रमणगर्दा कृषि, विज्ञान र प्रविधिको क्षेत्रमा जापानले गरेको विकासबाट निकै प्रभावितबनेको भन्दै दाहालले नेपालमापनियस्तै सीप र प्रविधिको विकासगर्न चाहेको बताए।जापानमा आधुनिक वैज्ञानिक रुपमा गरिएको कृषि खेति बाट आफु निकै प्रभावित बनेको दाहालको भनाई थियो।

यस्तै दाहालले जापानले नेपाली नागरिक लाई विभिन्न क्षेत्रमा कामगर्ने मौका दिइरहेको र आगामी दिनमा यो संख्याबढाउने गरी सहयोगगर्न आग्रहगरेका थिए।सांसद मासाकीले जापानको सरकारमा आइटी, मेनपावर, डिजिटल स्पेश लगायतका क्षेत्र हेर्ने जिम्मेवारी पाएकाछन्। नेपालको जनशक्ति लाई जापानमा सहज ढंगले प्रवेश गर्ने तथा स्थापित गराउने बारे समेत दुई नेता बिछ छलफल भएको छ।

साँसदमासाकीको माओवादी पार्टीर यसको झुकाव चीनतर्फरहेको बारेमा राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले आफ्नो पार्टी पूणर्रुपमा प्रजातन्त्रमा विश्वासराख्ने पार्टीभएको जानकारीदिए। ‘म आफै ४ पटक निर्वाचन लडेर आएको व्यक्तिहुँ, ’प्रधानमन्त्री दाहालले भने‘ हाम्रोपार्टी न प्रोचाइनाहो नत प्रोइण्डियानै। हामी प्रोनेपाली मात्र हौं’।

प्रधानमन्त्री दाहालले आफुले ९९प्रतिशत भन्दा बढी संसदबाट विश्वासकोमत पाएर प्रधानमन्त्री बनेको जानकारीदिंदै आफुलाई जापान बाट पनि पुरापुर सहयोगको अपेक्षाराखेका थिए।

त्यस अवसरमा सांसद मासाकीले नेपालमा जलस्रोत, पर्यटन लगायतका क्षेत्रमा लगानी आउनसक्ने आफुले देखेको जानकारी गराएका थिए।उनले आगामी दिनमा ग्रीन इनर्जी माजानुको विकल्प नभएको भन्दै यसकालागि नेपाललाई जापानले सहयोगगर्ने प्रतिबद्धता जनाए।

यस्तै संसदको सबैभन्दा ठुलोपार्टीनेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटमा पार्टी अध्यक्ष देउवाले जापानले नेपालको विकासमालामो समयदेखि निरन्तर सहयोग गर्दैआएकामा धन्यवाद दिएका थिए।

देउवाले बजेटरी सहयोगका अतिरिक्त कोभिड, भुकम्प, बाढीपहिरो लगायतका दैविप्रकोपकाघटनामा पनि जापानले मनखोलेर सहयोग गर्दै आएको जानकारी पनिदिए।

सभापति देउवाले पछिल्लावर्षहरुमाविग्रदो वातावरणीय प्रभावकाकारण विश्वका विभिन्न स्थानमा समस्या देखिन सुरुगरेको र नेपालमापनि समस्याआइरहेको भन्दै यीसमस्या न्यूनिकरणमा जापानको सहयोग आवश्यकरहेको बताए।

त्यसअवसरमा जापानी सांसद मासाकीलेआफुले नेपालमा जलस्रोतकोबविकासकोउच्च संभावना देखेको भन्दै जापानकोआर्थिक र प्राविधिक सहयोगमा यस क्षेत्रको विकास गर्नुपर्ने बताएका थिए।नेपालमा उत्पादित विजुली भारत र बंगलादेशमा निर्यातगर्न सके नेपाललाई फाइदापुग्ने उनको धारणा थियो।

साँसद मासाकीको टोलीले शुक्रबारनैउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि भेटेको थियो।उक्तभेटमा मासाकीले नेपालको छिमेकी मलुक भारतले विभिन्न परियोजनाकालागिजापानबाट सस्तोव्याजदरमा ऋण सहयोग लिएको जानकारी दिएका थिए।उनले जापान बाट यस्तो ऋण लिनकालागि पहलगर्न नेपाललाई आग्रहगरेका थिए। त्यस अवसरमाअर्थमन्त्री पौडेलले विकास आयोजनाहरुमा स्रोत अभावरहेको जानकारी दिंदै जापानको सस्तोदरको ऋण सहयोग लिन आफुले तत्काल पहलगर्ने बताएका थिए।

यस्तै अर्थमन्त्री पौडेलले नेपालमाविदेशी लगानीकर्ताका लागि अनुकुल वातावरण बनाउने जानकारी दिंदै जापानकालगानीकर्तालाई यहाँ ल्याउन सहयोगगर्न आग्रहगरेका थिए।

यस्तै टोलीले बिहीबार दुई प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल सँग भेटगरेको थियो। यस्तै शुक्रबार साझ सांसद तथा पूर्व राज्यमन्त्री ताईरा मासाकीको सम्मानमा रोटरी इन्टरनेसनल डिस्टिक -3292 नेपाल भुटानले रात्रीभोज तथा विशेष कार्यक्रम को आयोजना गरेको थियो । जापानी टोली गैर आवासिय नेपाली संघका पूर्व अध्यक्ष तथा संरक्षक भवन भट्ट को निमन्त्रणमा नेपाल आएको हो।

धेरै पढिएको