News Desk
वीरगञ्ज - जिल्ला विपद् व्यवस्थापन समिति पर्साले मानव सेवा आश्रम वीरगञ्ज शाखालाई ५० थान कम्बल प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी एवम् विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका उमेश कुमार ढकालले मानव सेवा आश्रम वीरगञ्जकी संयोजक सानु गुरुङलाई कम्बल हस्तान्तरण गरेका हुन् ।
भाडामा सञ्चालित मानव सेवा आश्रम नयाँ भवनमा स्थानान्तरण भएसँगै कम्बल अभावलाई मध्यनजर गर्दै विपद् व्यवस्थापन समितिले कम्बल उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । आश्रममा अहिले सडकबाट उद्वार गरिएका ५० जना आश्रीत रहेको संयोजक गुरुङले बताइन् ।