आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि स्वीटर वितरण
News Desk
Jan-18 तारिख 07:02 बेलुका

 

वीरगञ्ज - साहिब दरबार सेवा संस्थानले वीरगञ्जको २ वटा विद्यालयको आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि स्वीटर  उपलब्ध गराएको छ । 

वीरगञ्जको वडा नम्बर ४ मा रहेको श्री सुन्दरमल रामकुमार कन्या मा.वि. र वडा नम्बर १६ मा रहेको इनर्वा मक्तममा अध्ययनरत कक्षा नर्सरीदेखि ३ सम्मका विद्यार्थीलाई न्यानो कपडा स्वेटर उपलब्ध गराईएको हो । 

कन्या मा.वि. मा १५० जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको संस्थाका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए । 

बुधबार एक कार्यक्रमका बीच विद्यालयका विद्यार्थीलाई  स्वीटर हस्तान्तरण गरिएको हो । 

यस्तै इनर्वा मक्तममा पनि १५० जना विद्यार्थीका लागि स्वीटर प्रदान गरिएको संस्थाकी कोषाध्यक्ष जुनुमाया त्वायनाले जानकारी दिइन् । 

कन्या मा.वि.कि शिक्षिका अन्नपूर्न मानन्धरको विशेष पहलमा दुबै विद्यालयका विद्यार्थीलाई जाडोमा न्यानो कपडा उपलब्ध गराइएको संस्थाकी कोषाध्यक्ष त्वायनाले बताइन् । 

संस्थाले जाडोमा न्यानो बनाउने अभियान अन्तर्गत आधारभुत कक्षामा अध्ययनरत विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको हो । 

यश अघि संस्थानले सडक पेटी र खुला आकासमा रात विताउन बाध्य विपन्नहरुलाई कम्बल उपलब्ध गराउनुका साथै मानव सेवा आश्रममा आश्रीतहरुलाई पनि न्यानो कपडा कम्बल उपलब्ध गराएको थियो । 

स्वीटर वितरण कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक समितिका पदाधीकारी, संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

धेरै पढिएको