News Desk
काठमाडौ । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धले चन्द्रागिरी ६ स्थित श्री मातृ अरविन्द विद्यालयमा न्यानो कपडा वितरण गरेको छ । क्लबले विहिबार विद्यालयमा अध्ययनरत ३६ विद्यार्थीलाई स्विटर वितरण गरेको हो । क्लबका अध्यक्ष नारायण रेग्मी, लायन्स क्लब इन्टरनेशनल एलसिआईएफ एरिया लिडर लायन राजन लम्साल, पास्ट डिस्ट्रीक्ट गभर्नर लायन इन्दु गौतम, अरविन्द योग मन्दिरका अध्यक्ष रामचन्द्र दास, नेपाल लायन फाउण्डेसन चिफ लायन बिष्णु प्रसाद भण्डारी, जोन चेयर पर्सन लायन लक्ष्मी प्रसाद कट्टेल, लायन्स क्लब अफ तारकेश्वर गोलढुङाका अध्यक्ष लायन पुण्य राज सापकोटा, लायन्स क्लब अफ काठमाडौं साकुराका अध्यक्ष लायन दिनेश थापा, लायन्स क्लब अफ काठमाडौं दक्षकी अध्यक्ष दिल शाही, डा। गिरी पन्थी, लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धका प्रथम उपाध्यक्ष नारायण सुवेदी, उपाध्यक्ष सरोज ओझा, सह कोषाध्यक्ष जेनल कुँबरले स्विटर वितरण गर्नुभयो ।
त्यसैगरि अरविन्द योग मन्दिरका अध्यक्ष रामचन्द्र दासले अरविन्द योग मन्दिरका अध्यक्ष रामचन्द्र दासले लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धले श्री मातृ अरविन्द विद्यालयमा न्यानो कपडा वितरण गरेकामा धन्यवाद व्यक्त गर्नुहुँदै संस्थाले योग र आध्यामसँगै सामाजिक कर्मलाई अंगाल्दै आएको बताउनु भयो ।
सो अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै लायन्स क्लब इन्टरनेशनल एलसिआईएफ एरिया लिडर लायन राजन लम्सालले नेपालमा लायन्स इन्टरनेशनल अन्तर्गत २२ सय क्लबहरु सामाजिक सेवामा सकृय रहेको उल्लेख गर्नुहुँदै लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धले स्मरणयोग्य काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धका अध्यक्ष नारायण रेग्मीले श्री मातृ अरविन्द विद्यालयमा अध्ययनरत विद्यार्थीमाझ न्यानो कपडा वितरण कार्य लायन्स अन्तर्गत विशद्ध सेवा रहेको उल्लेख गर्नुहुँदै क्लबले न्यानो कपडा वितरण कार्यक्रम अनुरुप एक हजार थान सामाग्री वितरण गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल लायन फाउण्डेसन चिफ लायन बिष्णु प्रसाद भण्डारी लगायतले कायृक्रमलाई संबोधन गर्नुहुँदै क्लबले गर्दै आएका पछिल्ला कार्यक्रम गतिविधिहरु उत्कृष्ट रहेको उल्लेख गर्नुभयो ।