एनआरएनए आईसिसि सदस्य एनबि क्षेत्री मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त
News Desk
Jan-20 , 2023 तारिख 05:28 बिहान

 

काठमाडौ, लामो समयदेखी गैर आवासीय नेपाली संघ एनआरएनएसँग आबद्ध रहदै नेपालको पर्यटन क्षेत्रको बारेमा देश तथा बिदेशमा सकारात्मक सन्देश प्रबाह गर्ने सामाजिक एबं एनआरएनए अभियन्ता नन्द बहादुर क्षेत्री'नेत्र' मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडरमा  नियुक्त भएका छन । नेपालको पर्यटन क्षेत्र र बिधामा सक्रिय रहंदै आएका क्षेत्रीले पर्यटन बिधामा खेलेको अहम भूमिका र निरन्तरताको फलस्वरूप नेपाल सरकारले  चार बर्षका लागि मलेसियाको लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको छ । क्षेत्रीलाई नेपाल सरकार मन्त्रीस्तरिय निर्णय अनुसार सरकारले यो निर्णय गरेको हो । क्षेत्रीलाई  पर्यटन मन्त्रालयले नियुक्ति पत्र मलेसिया नै पठाएको छ । नियुक्ति पत्र बितरणपछी पर्यटन सचिब सुरेश अधिकारीले लामो समयदेखी पर्यटन क्षेत्रमा लागि पर्दै आएका क्षेत्री लगाएतलाई नेपाल सरकारले टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको बताए । सचिब सुरेश अधिकारीले यो क्षेत्र  झनै बिस्तार र बलियो हुने बिश्वाष ब्यक्त गरेर नै मलेसियाको लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा क्षेत्रीलाई नियुक्त गरेको बताएका छन । नियुक्ती पत्र प्राप्त गरेपछी क्षेत्रीले राज्यले आफू माथि बिस्वास गरेर दिएको जिम्मेवारीलाई मूलुकको हित र प्रबासी  नेपालीहरूको साथ लिंदै सजकताका साथ निभाउने प्रतिबद्धता ब्यक्त गरे । उनले नेपाल सरकारलाई आफुलाई उक्त जिम्मेवारी दिएकोमा धन्यवाद ब्यक्त गर्दै आफुले बर्षौदेखी मलेसियामा रहेर पर्यटन क्षेत्रमा सँगालेको अनुभवलाई प्रयोग गर्ने बताए ।
सन २००५  देखी देखी हालसम्म मलेसियामा रहेका क्षेत्री ट्राभल्स,टुर्स लगाएतका ब्यावसायमा आवद्द रहेका छन । हाल क्षेत्रीले मलेसियामा एनएचएस भ्याकेसन ट्राभल्स एन्ड टुर्स एसडिएन बिएचडि,नाफ्टर प्रेस्टो क्याफे,नाफ्टर ग्लोवल रिसोर्सेज एसडिएन बिएचडिलगाएत ब्यावसाय संचालन गरिरहेका छन । एनआरएनए पर्यटन प्रबद्दन कमिटीको सदस्य समेत रहेका क्षेत्री टुरिजम क्षेत्रमा बिशेष दखल राख्ने र यो बिधामा पोख्त प्रबासी नेपालीको पहिचान बनाएका ब्यक्तिका रुपमा मलेसियामा चिनिन्छन ।   
महाभूकम्प र कोभिडका कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्रलाई लयमा ल्याउन बिश्वमा धेरै पर्यटक आउने देश मलेसिया लगायतका मूलुकमा एनआरएनएको साथमा क्षेत्रीले गरेका कामको यतिबेला नेपाल सरकार र सम्बन्धित निकायले खुलेर प्रंशसा गर्ने गरेका छन । बिदेशमा रहेर पनि बिभिन्न क्याम्पेन गरेर नेपालको टुरिजम क्षेत्रलाई प्रचार प्रसार गर्ने मामिलामा अहोरात्र खटिएका क्षेत्रीलाई यसपटक नेपाल सरकार र पर्यटन मन्त्रालयले उचित सम्मान दिएको छ । क्षेत्रीले नेपालको टुरिजम क्षेत्रलाई दिएको योगदानको कदर गर्दै नेपाल सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई  मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त गरेको जनाइएको छ । क्षेत्रीले आफुले छिट्टै मलेसियाली नागरिकलाई नेपाल भर्मणमा पठाउँनको लागी बिभिन्न कार्यक्रम शुरु गर्ने बताए । आफ्नो अभियानमा साथ दिन क्षेत्रीले मलेसियामा रहेको नेपाली दुतावास,एनआरएनए मलेसिया,समस्त नेपाली संघ सँस्था र नेपालीहरुलाई अनुरोध समेट गरेका छन ।