पर्सामा कुष्ठ रोगका बिरामीको संख्या बढ्दै
News Desk
Jan-20 तारिख 03:47 बेलुका

वीरगञ्ज - पर्सामा कुष्ठ रोगका बिरामीको संख्या बढ्दै गएको छ । अन्र्तराष्ट्रय कुष्ठ रोग दिवसको सन्दर्भमा शुक्रबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा पर्सा जिल्लामा अहिले कुष्टरोगका ५४१ जना बिरामी रहेको जानकारी गराइएको हो । स्वास्थ्य कार्यालय पर्साको समन्वयमा द ल्याप्रोसी मिसन नेपालले आयोजना गरेको अभिमूमीखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । पर्सामा हाल कुष्ठ रोगका ५४१ बिरामी रहेकोमा ती मध्ये जटील अवस्थाका ४४१ जना र सामान्य अवस्थाका ९८ जना रहेको द ल्याप्रोसी मिसन नेपालकी पर्सा जिल्ला अनुगमन तथा मुल्यांकन अधिकृत रिजु तिवारीले जानकारी दिइन् ।

जिल्लामा सबै भन्दा बढि वीरगञ्ज महानगरपालिकामा २०६ जना र ठोरी गाँउपालिकामा भने कुष्ठ रोगका बिरामीको संख्या शुन्य रहेको छ । यस्तै पटेर्वासुगौली गाँउपालिकामा ७० जना , पोखरिया नगरपालिकामा ५१ जना , कालिकामाई गाँउपालिकामा ४१ जना , विन्दवासीननी गाँउपालिकामा ४० जना , जीराभवानी गाँउपालिकामा २६ जना ,बहुदरमाइ नगरपालिकामा २६ जना ,जगरनाथपुर गाँउपालिकामा २३ जना , पकाहा मैनपुर गाँउपालिकामा १७ जना ,छिपहरमाई गाँउपालिकामा १४ जना , सखुवा प्रसौनी गाँउपालिकामा १३ जना ,धोबिनी गाँउपालिकामा ९ जना र पर्सागढी नगरपालिकामा ५ जना कुष्ठ रोगका बिरामी रहेको उनले बताइन् । जिल्लामा फेला परेका सबै बिरामी उपचाररत रहेको जानकारी पनि तिवारीले दिइन् । हरेक पालिकाको स्वास्थ्य संस्थाबाट ती बिरामीले स्वास्थ्य उपचार निशुल्क पाइरहेको पनि उनले बताइन् ।

तिवारीका अनुसार , देशभरका सातै प्रदेश मध्ये सबै भन्दा बढि मधेस प्रदेशममा ७४३ जना र सबै भन्दा कम कर्णली प्रदेशमा ६७ जना कुष्ठरोगका बिरामी रहेका छन्। यस्तै देशभरमा भने कुष्ठरोगका कुल बिरामीको संख्या २ हजार १७३ जना रहेको जानकारी पनि उनले दिइन् ।

धेरै पढिएको