मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश
News Desk
Jan-22 , 2023 तारिख 03:57 बेलुका

जनकपुरधाम । मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन् ।

उनीहरुलाई आइतबार पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् । मधेश प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य थिए, दुई जना प्रवेश गरेपछि अब १८ जना हुनेछ ।

धेरै पढिएको