जेष्ठ अभिभावक सम्मान र छात्रवृत्ति कोष घोषणा गर्दै गिनिज स्कुल धर्मस्थलीले सम्पन्न गर्यो २८ औं वार्षिकोत्सव
News Desk
Jan-23 , 2023 तारिख 09:05 बिहान


काठमान्डौ । शनिबार गिनिज पब्लिक सेकेण्डरी स्कुलले आफ्नै विद्यालयको आफ्नै प्राङ्गण धर्मस्थली , सानो बाइपास, तारकेश्वर ६ काठमान्डौमा २८ औं  बार्षिक उत्सव तथा बृहत  अभिभावक दिवस भव्यताका साथ् सम्पन्न गरेको छ । नेपाली राष्ट्रिय गानका रचयिता नेपाली साहित्यका मुर्धन्य प्रतिभा कवि प्रदिप कुमार राई ९ ब्याकुल माइला० को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७०० जना भन्दा बढी अभिभावक तथा ४०० जना भन्दा बढी बिद्यार्थी सहभागी भएका थिए ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद बास्कोटाको  सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयको तर्फबाट प्रिन्सिपल रामेश्वर सिम्खडाले स्वागत मन्तब्य र विद्यालयको प्रगति प्रतिबेदन  तथा संचालक समितिका अध्यक्ष राजन गोतामेले विद्यालयको नीति कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । 
शिक्षक  सिलाश तामांग र शिक्षिका सुन्दरी सुनारको संचालनमा सम्पन्न कार्यक्रममा बरिस्ट नृत्य निर्देशक तथा करिओग्राफर नारायण रिजाल र करिओग्राफर रोशन बुढाथोकीको नेतृत्वमा रहेको शिव कैलाश कला मन्दिर परिवारको निर्देशनमा पी जी देखि १० कक्षा सम्मका बिधार्थी भाइबहिनीहरुको तीन दर्जन बढी नृत्य , संगीत, प्रहसन, उद्घोसण प्रस्तुत भएका थिए । 

हाँस्य कलाकार सुबोध गौतम एदुमेको समेत बेजोड प्रस्तुती रहेको कार्यक्रममा बि ब्या स  सदस्य जमुना तिमिल्सिना, तारकेश्वर एजुकेसन फोरमका अध्यक्ष नवराज न्यौपाने तथा पूर्व बिद्यार्थी प्रबिना भट्ट लगाएतले सुभकामना मन्तब्य दिनुभएको  थियो  । 
कार्यक्रममा विद्यालयको तर्फबाट करातेमा भारतमा गई अन्तरास्ट्रिय पदक बिजेता सागर तामांग र बियम सिंह तामांग तथा २०७८ सालको एस इ इ परिक्षामा तारकेश्वर प्रथम आयुषा गौतम लगाएतका बिधार्थीलाइ नगद संम्मान सहित बिद्यालयका विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा पदक बिजेता ३०० भन्दा बढी बिधार्थीलाई पदक वितरण गरिएको थियो । 

उक्त कार्यक्रममा विद्यालयले आफ्ना २१ भन्दा बढी जेस्ठ अभिभावकलाई सम्मान गरेको थियो भने उक्त अवसरमा पुर्व विद्यार्थीको तर्फबाट आयुषा गौतमले छात्रवृत्ति अक्षय कोषको लागि रु १०,००५ प्रदान गर्दै उक्त कोषको सुरुवात गरेको घोषणा गर्नु भएको थियो 
बेलुकी अबेर सम्म  उत्साहका साथ सम्पन्न कार्यक्रमलाई मेघा टेलिभिजनले प्रत्यक्ष प्रसारण समेत गरेको थियो  भने कार्यक्रममा सहभागी सबै शिक्षक, कर्मचारी, अभिभावक, प्राबिधिक सबैलाई धन्यवाद दिंदै कार्यक्रमका सभापति डिल्ली प्रसाद बास्कोटाले कार्यक्रम समापन गर्नु भएको थियो।