तनहुँ । म्याग्दे गाउँपालिकाले व्यवसाय सचेतना कार्यक्रम सुरु गरेको छ । सिप सिकौं, व्यवसाय गरौ, उद्यम वनौ भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिका वडा नं २ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ९मेड्पा० अन्र्तगत व्यवसाय सचेतना कार्यक्रम गरिएको हो । स्थानिय स्तरमा नै सिप सिकेर आत्मनिर्भर वनाउने हेतुले कार्यक्रम संचालन मा ल्याईएको गाउँपालिकाले जनाएको छ । सिप सिकेर आत्मनिर्भर वन्ने मुख्य लक्ष्य राखेको कार्यक्रममा सहभागिहरुलाई विभिन्न विधामा प्रशिक्षण दिईएको थियो ।
समाजका विपन्न तथा आर्थिक वर्गलाई उत्पादन र सीप सँग जोडेर गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ९मेड्पा० ले विभिन्न कार्यक्रम गर्दे आईरहेको छ । वडा न। २ मा रहेको स्थानियहरुलाई समावेश गरि व्यवसाय कसरी गर्ने वारेमा प्रशिक्षण दिईएको हो । प्रशिक्षण कार्यक्रममा स्थानिय स्तरको २६ जना स्थानिय वासिन्दाले तालिममा सहभागिता जनाएका छन् ।
सचेतना कार्यक्रममा पहिला प्रशिक्षण दिने र पछि व्यवहारिक तालिम दिईने मेडपाका फोकल पर्सन प्रदिप न्यौपानेले बताए । ‘सहभागीहरुलाई अचार वनाउने, धुप, अगरवत्ति लगायतको तालिम दिईनेछ, ताकि सहभागीहरुले सिप सिकेर आत्मनिर्भर वन्न सकोस,’ उनले भने । सीप नै जीवनको प्रमुख आधार वन्ने हुदाँ सीपलाई सानो सोच्न नहुने उनले वताए । ‘कुनै पनि व्यवसायमा सकारात्मक सोच राखेर अगाडी वड्ने हो भने सफलता पाउन सकिन्छ, तर यसमा धैर्यता आवश्यकता पर्दछ । सिकेका सीपको निरन्तरता र व्यवहारिक कार्यन्वयनले यसको महत्व हुने हुँदा तालिम लिएर मात्र हैन, त्यसको अभ्यासले स्वावलम्वी वन्न सकिन्छ,’ उनले भने ।