News Desk
वीरगञ्ज - राष्ट्रिय भूमि आयोग पर्साले बुधबार वीरगञ्ज महानगरपालिकाका वडा अध्यक्ष तथा सचिवहरुलाई प्रशिक्षण दिएको छ । महानगरमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि खेल्नु पर्ने भूमिकाका विषयमा स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिइएको हो । आयोगले बुधबार वडा नम्वर १ देखि १६ सम्मका वडाध्यक्ष तथा सचिवहरुलाई प्रशिक्षण दिएको छ । दोस्रो चरणमा बाँकी ३२ नम्वरसम्मका वडाध्यक्षलाई प्रशिक्षण दिने कार्यक्रम रहेको आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जानकारी द...