News Desk
काठमाण्डौं । सांसद प्रदीप पौडेलले सम्पत्ति शुद्धिकरण सम्वन्धि ऐनलाई संशोधन गर्न बनेको बिधेयकलाई संसदमा ल्याउ माग गरेका छन् । आईतबार माघ २२ गते बसेको संघिय संसदलाई संबोधन गर्दै उनले उक्त विधेयक टेबुल गर्र्न माग गरे । शुद्धिकरण सम्वन्धि ऐनलाई संशोधन गर्न बनेको बिधेयकलाई हालसम्म संसदमा नल्याउनु गम्भिर विषय भएको भन्दै उनले भने 'गत पौष १ गते एफएटिएफको टोली नेपालको स्थलगत मुल्याङ्कन गरेर फर्कियो। उसको मुल्याङ्कनले स्पष्ट भन्छ कि कानुन बनाउ नत्र तिम्रो देश ग्रे जोनको सूचीमा पर्छ। उसले तोकेका मापदण्डहरु पूरा गर्न नसक्दा कतिपय ठूला देशहरु आर्थिक विषयको अन्तराष्ट्रिय सञ्जालबाट बाहिरिएका छन्, जसको कारण आर्थिक प्रणालीमा ति देशहरुले ठूलो संकट सामना गरिरहेका छन् भने हाम्रो जस्तो रेमिटेन्समा निर्भर देश ग्रे जोनमा परेर अन्तराष्ट्रिय वित्तिय प्रणालीबाट दण्डित र बञ्चित हुन पुग्यो भने हाम्रो सिङ्गो अर्थतन्त्र नै धरासायी हुन पुग्छ।'
यो विषयमा अध्यादेश बनाएर पेश गरिउ पनि राष्ट्रपतीबाट जारी नभएको जिकिर गर्दै उनले भने 'यो आज पुनः फास्ट ट्रयाकबाट अस्थायी समाधान खोजेर मात्र पुग्दैन, अन्तराष्ट्रिय जगतलाई विश्वस्त बनाउने र आन्तरिक सुधार, भ्रष्टाचारको अन्त्य, हुण्डी निवारण लगायतका विषयका लागि कडा कानुन निर्माण गरेर राइट ट्रयाक खोजियोस्।'