News Desk
पोखरा, सिलाई क्षेत्रमा काम गर्न आउनु भएको तर आफुलाई चिनाउन नसक्नुभएको नारीहरुका लागी ब्लुरेज प्रोडक्सनले डीजाइनर डायरीको आयोजना गरेको छ । सो कार्यक्रको ओरीयन्टेसन जनवरी २२ तारिखका दिन ३५ प्रतिस्प्रधीका साथमा दुना रेस्ट्री एण्ड लाउजमा भएक इभेन्टको कोडिनेटर सुरेज परियारले जानकारी दिनुभयो । आफुले लामो समय देखी सिलाई क्षेत्रमा काम गर्दै आएता पनि आफुलाई चिनाउन निकै गाह्रो र धेरै समय लागेकोले यस पेसामा आउने व्यक्तीहरुलाई सहज बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ ।
सहभागीहरुलाई २० दिनसम्म ट्रेनिङदिने र उहाँहरुलाई विशेष गरी ब्राण्डिगं र प्रस्तुतिकरण संबन्धी सेल्फ ट्रेनिङ दिईने कार्यक्रमकीे म्यानेजर उषा परिवारले जानकारी दिनुभयो । हामी सबै हाम्रो काममा पोख्त है तर हामी प्रतिभालाई देखाउने मन्चको कमी थियो र त्यो कमी डिजाईनर डायरीलेले पुरा गरीदिएको उहाँक भनाई छ ।
कार्यक्रममा सबैको नाम दर्ता गरि ३५ जना प्रतिस्पर्धीको सहभागीता रहेको छ र यस कार्यक्रमको मुख्य प्रायोजक नेपाल आइस रहेको ईभेण्ट म्यानेजर शिशिर शर्मोले बताउनु भयो । उहाँकको अनुसार विनर, अर्गनामईजर च्वाईस, भ्युअर च्वाईस, फस्र्ट रनर अप, सेकेण्ड रनर अप, थर्ड रनर अप गरि ६ वटा उपाधि हुने छन् भने ६ वटा सवटाइटल रहने छन् र कार्यक्रमको फाइनल फाल्गुन ७ गतेको लागि तय गरिएको छ ।