राष्ट्रिय आधारभुत विधालयमा अध्ययनरत बालबालिकालाई जुत्ता वितरण
News Desk
Feb-09 , 2023 तारिख 03:03 बेलुका

वीरगञ्ज - वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको नेपाल राष्ट्रिय आधारभुत विधालयमा अध्ययनरत बालबालिकालाई एक समाजिक संस्थाले जुत्ता वितरण गरेको छ । परिवर्तन नेपाल फाउन्डेशन संस्थाले विधालयको कक्षा २ मा अध्ययनरत ३४ जना बालबालिकाहरुलाई एक एक जोर जुत्ता वितरण गरेको हो । वडा अध्यक्ष मनोज कुमार यादवको विशेष पलहमा बिहीबार संस्थाका पदाधिकारी र सदस्यहरुले विधालयमै पुगेर बालबालिकाहरुलाई जुत्ता वितरण गरेका हुन् ।

त्यस अवसरमा विधालयका प्रधानाध्यापक , शिक्षक , स्थानीय समाजसेवी लगायतको पनि उपस्थिती रहेको कोषाध्यक्ष सुशील पटेलले जानकारी दिए ।

धेरै पढिएको