News Desk
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले विद्यालयहरुले प्राविधिक र व्यवहारिक शिक्षामा जाेड दिनुपर्ने बताएका छन् । शनिबार वीरगन्ज ४ मा रहेकाे बिकन माविकाे २९ औं वार्षिकोत्सव कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बाेधन गर्दै उपमेयर आलमले यस्तो बताएका हुन् ।
उनले आजका विधार्थी नै भविष्यका कर्णधार भएकाेले यिनिहरुले नै देश निर्माणमा महत्त्वपूर्ण भुमीका निर्वाह गर्ने बताए । वार्षिकोत्सब कार्यक्रममा उपमेयर आलमले बिकन माविका विधार्थीहरुले बनाएका विभिन्न वस्तुहरुकाे अवलोकन पनि गरे । कार्यक्रममा विधार्थीहरुले सांस्कृतिक प्रस्तुति पनि गरेका थिए ।
बिकन माविका सन्चालक प्रकाश उपाध्यायकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगञ्ज ४ का वडाध्यक्ष जतत साह कानु, वीरगन्ज ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार,उपमेयर आलमका स्वकिय सचिव शेष हजरा,धर्मराज यादव ,कमल महतो,पत्रकार राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो।