नेपाल अष्ट्रेलिया सम्बन्धका आयाम र संभावना
News Desk
Feb-14 , 2023 तारिख 08:03 बेलुका

डिएन घिसिङ  

 भूपरिवेष्ठित नेपाल र जलपरिवेष्ठित अष्ट्रेलिया दुवै देशबीचको कुटनैतिक सम्बन्ध स्थापना भएको छ दशक पूरा भईसकेको छ। फेब्रुअरी १५, २०२३ मा दुई देशको ६३औं वार्षिकोत्सव मनाइँदैछ। नेपाल र अष्ट्रेलिया दुई देश बीचमा अन्तरसांस्कृतीक एवम् वाणिज्यस्तरमा उल्लेखनीय प्रगति भएको छ।
              
द्विपक्षीय सम्बन्धमा कूटनीतिक फैलावटले देशको परिचय मात्र विस्तार भएको छैन,दायित्व पनि बढाएको छ ।संयुक्त राष्ट्रसंघले सबै सदस्य राष्ट्रसँग द्विपक्षीय सम्बन्ध स्थापना गर्ने नीति आत्मसाथ गरेको छ। यसो भन्दै गर्दा दुई मुलुकबीचको साइनो भने एक शताब्दीभन्दा पनि लामो छ।औपचारिक रूपमा सन् १९६० फेब्रुअरी १५मा अष्ट्रेलियाको कुटनैतिक नियोगको काठमाडौमा स्थापनाले औपचारिक सम्बन्धलाई प्रगाढता दिएको हो। नेपालले भने ५०औ दशक यता मात्रै आफ्नो कुटनैतिक नियोग अष्ट्रेलियाको क्यानवेरामा स्थापना गरेको छ।सन २००७मा अष्ट्रेलिया स्थित क्यानबेरामा आवासीय  नेपाली  दूतावास स्थापना भएको हो ।  
              

इतिहासलाई फर्केर हेर्दा ४०को दशकमा नेपाल र अष्ट्रेलिया बीचको कुटनैतिक सम्बन्ध निकै स्मरण योग्य रहेको छ। किनकी,त्यस समयमा दुई देशका उच्चस्तरीय सरकारी भ्रमण र सहयोग आदनप्रदान भएको थियो।जसलाई शुरुवातका रुपमा पनि लिन सकिन्छ।यो निकै ठुलो उपलब्धी पनि हो।
                    
सन् १९१५ मा पहिलो विश्‍वयुद्वमा बेलायती सेनाको गोर्खा रेजिमेन्टमार्फत टर्कीको गलीपोलीमा गोर्खाली सिपाहीले अष्ट्रेलिया र न्युजिल्यान्डका पक्षमा लडेका थिए ।  त्यतिबेलादेखि जोडिएको दुई देश बीचको आपसी सम्वन्धको साइनो अहिले पनि उत्तिकै महत्वको छ। गलीपोली युद्वको सम्झनामा अष्ट्रेलिया भर मनाइने परेडमा गोर्खा सैनिकको उपस्थितीलाई अष्ट्रेलियाले विशेष महत्व दिँदै आएको छ।सम्बन्ध स्थापनाको पछिल्लो ६२ वर्षमा दुवै मुलुकका तर्फबाट हालसम्म औपचारिक मन्त्रीस्तरीय तथा प्रधानमन्त्रीस्तरमा औपचारिक भ्रमण हुन भने सकेको छैन।
              
मुलतःआर्थिक तथा सामाजिक परिवर्तनका लागि दुबै देशले मार्गनिर्देशन गरेको छ। दुईदेशका नागरिक बीचको  अन्तरघुलनले सांस्कृतीक तथा पर्यावरणिय आकर्षणले स्थान लिने गरेको देखिन्छ।नेपाल र अष्ट्रेलिया बीचको आधुनिक राजनीतिक मोडलमा एकरुपता देखिएता पनि सामाजिक र आर्थिक अवस्थामा भने दुईदेशले सन्तुलन राख्न उतिकै चुनौती सामाना गर्नु परेको छ।तुलनात्मक रूपमा नेपाल भन्दा अष्ट्रेलिया आधुनिक विकासका सवालमा धेरै अगाडि देखिन्छ।नीतिगत सुधार  मात्रै नभएर व्यवहारिकतामा पनि विश्व  आर्थिक पहुँचका हिसावले अष्ट्रेलिया अग्रपंक्तिमा उभिएको छ।

अंग्रेज उपनिवेशसँग जोडिएको सांस्कृतीक परिवर्तनले अङ्ग्रेजी भाषाको लवज अष्ट्रेलियाले अबलम्बन गरेको छ। १७औं शताब्दीको अन्त्यतिर इङ्गल्याण्डले अष्ट्रेलियालाई नियन्त्रणमा लिए पश्चात् भाषा, कानून, शिक्षा र संस्कृति समेतमा एकरुपता ल्याएको थियो।अष्ट्रेलिया  ब्रिटिश अंग्रेजीमा आधारित भएको हुनाले अधिकांश भाषाको शब्दावली समान भेटिन्छ।

जनसंख्याको हिसाबले पनि नेपाल र अष्ट्रेलिया माझ तुलनात्मक रुपमा भिन्नता देखिदैन।नेपाल भौगोलिकतामा हिमाल,पहाड र तराई गरी तीन भागमा विभाजित  छ।नेपाल क्षेत्रफलको आधारमा विश्वको ९३औं ठूलो मुलुक पर्दछ भने अष्ट्रेलिया भूगोलको हिसाबले विश्वको छैटौं ठूलो देशको रूपमा उभिएको छ।सबैभन्दा सानो महाद्वीप अष्ट्रेलिया जैविक भौगोलिक क्षेत्रहरूको विस्तृत विविधतालाई समेटेको सुन्दर देश हो ।  
अष्ट्रेलियासँग नेपालको औपचारिक सम्बन्ध स्थापना नहुँदै सन् १९५४ यता अष्ट्रेलियाले नेपाललाई कोलम्बो प्लानअन्तर्गत नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो।विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउदै अष्ट्रेलियाले नेपालको कृषि, पशुपंक्षी, वनजंगल, परराष्ट्रसेवा, चिकित्सा, इन्जिनियरिङ, हवाई उडययन, रेडियो प्रसारण लगायतका क्षेत्रका जनशक्तिलाई तालिम तथा पढाइको सहयोग निरन्तर रूपमा उपलब्ध गराउँदै आएको थियो।
              
अष्ट्रेलिया हाल बहुराष्ट्रिय सांस्कृतीक सभ्यताको केन्द्र भएको छ।मुलतः आप्रवासी नीतिले समुदाय स्तरमा ठूलो परिवर्तन ल्याएको छ।अष्ट्रेलियामा नेपालीहरुको पनि उल्लेख्य बसोबास रहेको छ। तसर्थ पनि अष्ट्रेलियासँग नेपालको सांस्कृतीक सम्बन्ध बिशेष महत्वको छ।अष्ट्रेलियाले नेपाललाई प्राकृतिक विपत्तिमा सहयोग हस्ताण्तरण गर्दै आइरहेको छ। यता नेपालले पनि अष्ट्रेलियामा हुने विपत्तिमा सद्भाव राख्ने गरेको छ।

विश्व मानचित्रमा महादेशको परिचायक बोकेको अष्ट्रेलियाले नेपालसँग दैत्य सम्बन्धलाई मात्रै औपचारिकतामा मात्र सिमित नराखी असल मित्र राष्ट्रको व्यवहारलाई वस्तुनिष्ठ तबरले व्यवहारत प्रस्तुत -प्रदर्शन गर्दै आएको छ ।

अष्ट्रेलियाली सरकारले विकासोन्मुख देशलाई दिने सहयोग नेपालको सन्दर्भमा भने अन्य देशको तुलनामा बिशेष बजेट हुने गर्दछ। अस्ट्रेलियन सरकारको हरेक वर्षको नयाँ बजेट अनुरूप नेपालले द्धिपक्षीय कार्यक्रम प्रत्यक्ष सहायता कार्यक्रम अन्तर्गत बजेट वृद्धि गर्दै बिनियोजन गरिएको छ।

अष्ट्रेलिया र  नेपालबीचको द्धिपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने सन्दर्भमा नेपालको स्वास्थ्य सुरक्षा,स्थिरता,आर्थिक सुधार,अष्ट्रेलिया अवार्ड ,स्वयंसेवक कार्यक्रममा दुई देश मिलेर काम गर्ने समेत बजेटमा उल्लेख गरिएको छ। प्रत्येक बार्षिक बजेटमा थपघट हुने भएता पनि विकास कार्यक्रममा अरबौ रकम नेपाल भित्रीने गरेको तथ्यांकमा उल्लेख छ।
बाणिज्यगत सुधार र चुनौती 

कोभिड महामारी पछीको अर्थतन्त्रको व्यवहारिक व्यवस्थापनको चुनौती नेपाल र अष्ट्रेलिया दुवैले समान रुपमा सामाना गर्दै आएका  छन् । आपसी हितका निम्ती वाणिज्य र श्रमका क्षेत्रमा सहकार्य हुन सकेमा अवश्य पनि दुवै देशलाई फाईदा पुग्ने देखिन्छ । अष्ट्रेलियामा दक्ष कामदारको आपूर्ति र व्यवस्थापन क्षेत्रमा तेस्रो मुलुक नेपालले अवसर  सिर्जना गर्न सकेमा फलदायी हुने देखिन्छ । मुलतः अष्ट्रेलियाले चिनियाँ उत्पादनलाई लिएर बोकेकोअर्थ नीतिले  अन्य मुलुकका लागि अवसरको ढोका खोल्ने अनुमान गर्न सकिन्छ । यसबाट नेपालले वाणिज्य स्तरमा फाइदा लिन सक्ने संभावनालाई पहिल्याउन सकिन्छ ।  
             
नेपाल र अष्ट्रेलिया बीचको प्रत्यक्ष जोड्ने स्थलमार्ग वा समुद्रपार पारवहन छैन।यसका निम्ती छिमेकी मुलकको पारवहनलाई उपयोग गरेर थप सुधारका कार्य अगाडि बढाउन सकिन्छ।हवाई माध्यमको प्रत्यक्ष संचालन पनि उत्तिकै चुनौतीपूर्ण देखिन्छ।यसमा उच्चस्तरीय  वाणिज्यतहगत बहस टड्कारो औल्याउन सकिन्छ।
            
उच्च शिक्षाका लागि नेपालबाट अहिले अष्ट्रेलियामा ठुलो संख्यामा विद्यार्थीहरु गईरहेका छन । तसर्थ पनि अष्ट्रेलिया उच्च शिक्षाका लागि रोजाईको प्रमुख गन्तव्य बन्दै आएको छ । अप्रावासी सम्बन्धी खुकुलो नीतिले गर्दा पनि अष्ट्रेलिया नेपालीहरुको आकर्षणको केन्द्र बनेको हो । ठुलो देश, थोरै जनसंख्या र धेरै सम्भावनामाझ नेपालीहरु अष्ट्रेलियामा आफ्नो भविष्य सुरक्षित गर्न लालायित रहेको देखिन्छ ।                        
चीन र भारतपछि अष्ट्रेलियामा नेपाल नै तेस्रो ठूलो संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने मुलुक हो ।  अष्ट्रेलियाले विद्यार्थी भिसासँगै दिने डिपेण्डेण्ट  भिसाले पनि आयआर्जन गर्ने बाटो  खुला राख्ने गर्दछ । साथै सुखसयल युक्त आधुनिक जीवन भोगको लालसाले पनि त्यहाँ पुगेर गृहस्थी बसाउने नेपालीहरु थुप्रै छन। जसको प्रत्यक्ष प्रभाव नेपालको रेमिटान्स सेवामा पुगेको छ ।  
        

उन्नत कृषि,पशुपालन जस्ता आधुनिक प्रविधिमा  अष्ट्रेलियाबाट ठूलो सहयोग लिन सकिन्छ। महत्वपूर्ण अवसरका रूपमा रहेको कृषि कामदारको कोटामा अष्ट्रेलिया मा वर्षेनी पचासौं हजार कृषि कामदारको माग रहेको छ।निकै राम्रो र कमाउ मानिने कृषि कामदारको कोटामा नेपाललाई पनि पहल गर्न सकेमा आर्थिक हिसाबले पनि दुई देशलाई फाइदा पुग्ने देखिन्छ ।
      

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवसर

अष्ट्रेलियामा निर्यात  गर्न सकिने वस्तुहरुको पहिचान लगायतका विषयमा अध्ययन तथा छलफल गर्न उचित रहने देखिन्छ।आर्थिक वृद्धिको सशक्त माध्यम भनेको उद्योग तथा कलकारखाना स्थापना गर्नु हो।सम्मुनत विकासमा अन्तरदेशीय लगानी र सहायता जुटाउन सकेमा नेपाल र अष्ट्रेलिया बीच आर्थिक तथा कुटनीति सम्बन्ध प्रगाढ हुनेमा दुईमत रहदैन।
तसर्थ दुईदेशबीचको व्यापार,लगानी तथा साझेदारी वृद्धि गर्ने उद्देश्यका साथ ब्यापार र पारवहनको बहुआयामिक सम्भावना बारे बाणिज्य तथा हवाई तहमा अध्ययन तथा अनुसन्धान गर्न जरुरी देखिन्छ।
              
नेपालमा अष्ट्रेलियाली पर्यटकको आकर्षण।

नेपाल पर्यावरण मोह र हिमशिखर प्रति आकर्षण भएका अष्ट्रेलियाली  पर्यटकको गन्तब्य  बन्दै आएको  पनि छ।कतिपय त  क्रिकेट खेलको दक्षिण एशियासँगको भावनात्मक  सम्बन्धका कारण पनि नेपाल आउने गरेको पाईन्छ । बार्षिक हजारौं संख्यामा नेपाल घुम्न आउने पर्यटकले पूर्व  योजना मुताबिक भ्रमण तालिका तय गरेरै आउने गर्दछन् । त्यसो त
सर्बोच्च शिखर सगरमाथा र विश्वका ८  अग्ला हिमालले  नेपालको पर्यटन प्रबर्द्धनमा उल्लेखनीय योगदान दिएको छ।गन्तव्य नेपाल र पर्यावरणको उचित प्रचारप्रसारको अभावमा पर्यटन प्रबर्द्धन हुन नसकेको टट्कारो भने एकातिर छ । पर्यटन प्रबर्द्धनका अतिरिक्त क्रियाकलापहरु जस्तै मनोरंजन र खेलकुदका गतिविधि उच्च हिमालयन आधार क्षेत्रमा पहिल्याउन सकेमा नेपालको आयस्रोत बलियो बनाउन सकिन्छ। नेपालको पर्यटन प्रबर्धनमा अष्ट्रेलियाले दर्हो साथ दिनसक्ने संभावना उत्तिनै छ । अष्ट्रेलिया श्रमको मुल्य गर्ने देश पनि हो । यहाँका नागरिकले गर्ने औषत आम्दानी पनि विश्वभरमै उच्च छ । तसर्थ नेपालको पर्वतारोहण, पदयात्रा, जंगल सफारी, जलविहार, संस्कृतिक तथा सम्पदा अवलोकन आदीको मज्जा लिनका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको सन्देश त्यहाँको अधिक जनसंख्यामाझ पुर्याउन सकेको खण्डमा नेपालले लाभ हासिल गर्न सक्ने संभावना ज्यादा छ।

धेरै पढिएको