काठमाडौंमा जारी सातौं युवा वैज्ञानिक शिखर सम्मेलन आज समापन हुँदै
News Desk
Feb-20 , 2023 तारिख 08:49 बिहान

 

काठमाडौं । सातौं युवा वैज्ञानिक शिखर सम्मेलन काठमाडौंमा आयोजनामा आएको छ । नेपाल पोलिमर इन्स्चिटयुट र युनिग्लोब कलेजको आयोजनामा शिखर सम्मेलन आयोजनामा आएको हो । सम्मेलनमा विभिन्न प्रदेशका ८ देखी १२ कक्षामा अध्ययनरत  विद्यार्थी सहभागी रहेका छन् ।  २ दिने उक्त सम्मेलन शनिवार शुरु भएर आईतबार सम्पन्न हुँदैछ ।आईतबार हुने कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, डा. भगवान कोईराला, डा. वसन्त पन्त लगायतका चिकित्सकहरुले प्रस्तुती दिनेछन् । 

सम्मेलनमाझ ५६ वटा अनुसन्धान प्रोजेक्ट बीच  प्रतियोगितात्मक प्रतिस्पर्धा गराईने युनिग्लोब कलेजका प्रिन्सिपल खगेन्द्र प्रसाद ओझाले जानकारी दिनुभयो । विजेताले म्याक्सिकोको सोनेरामा हुन गईरहेको १२ औं  एसिया प्यासिफिक युवा  वैज्ञानिक शिखर सम्मेलन २०२३ मा सहभागी हुन आवेदन दिन योग्य  हुने जनाईएको छ ।

धेरै पढिएको