News Desk
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा विप्लव नेतृत्वको जनवर्गीय संगठनहरुद्वारा ध्यानाकर्षण पत्र बुझाएका छन ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको तीन वटा जनवर्गीय संगठनहरु अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), युवा संगठन नेपाल र अखिल नेपाल ट्रेड युनियन महासंघले ध्यानाकर्षण पत्र बुझाएका हुन।

विद्यार्थी नेता नरेन्द्र सी, युवा संगठन नेपालका अध्यक्ष पाटन सी र ट्रेड युनियनका अध्यक्ष श्याम सी सहितको संयुक्त टोलीले शिक्षा ,मजदुर,मिटर ब्याज,बित्तीय संस्थाहरु तथा वैदेशिक रोजगार लगाएतका सम्बन्धित समस्याहरुबारे प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाइएको थियोे।