News Desk
नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्नेछ।
राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ।