News Desk
काठमाण्डौ ।नेपाली पूँजी बजार सम्बन्धमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। सापटी सेवाको आयोजनामा ग्लोबल कलेज, काठमाण्डौमा सम्पन्न सो कार्यक्रममा वक्ताहरुले पूँजी बजारमा वित्तिय साक्षरताको महत्व र यस बजारका विविध आयाममाथि आफ्नो विचार राख्नुभएको छ।
कार्यक्रममा एन आर एन नेपाल वि कास कोषका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले नेपालकोवर्तमान आर्थिक एवं पूँजी बजारको अवस्था तथा नेपाल चार्टर्ड एकाउण्टेण्ट संघका निवर्तमान अध्यक्षआनन्द राज शर्मा वाग्लेले पूँजी बजारमा आधारभतू विश्लेषणको महत्वबारे आफ्नो विचार राख्नुभएको थियो।
त्यस्तै नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले आफ्नो अनुभव साझा गर्नुका साथै यसका अन्य विविध पक्षमाथि प्रकाश पार्नुभएको थियो।'नेपालमा पूँजी बजार विस्तारसँगै यस बजारबाट थोरै लगानीकर्ताले मात्रै नाफा कमाउन सकेको अवस्थामा अझै पनि धेरै लगानीकर्ताहरूले छोटो अवधिमा आफ्नो पैसा गुमाइरहेको छन् । यस कार्यक्रमले त्यस सम्बन्धी वित्तिय साक्षरता अभिवृद्धी गरि पूँजी बजारबाट अधिकतम लाभ लिन सहयोग पुग्नेछ भन्नेमा हामी आशावादी छौं', आयोजक संस्था सापटीसेवाका अध्यक्ष सफल कुमार वाग्लेले भने।