नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीले मनायो १५ औं बार्षिकोत्सव
News Desk
Feb-25 , 2023 तारिख 05:19 बेलुका

 

काठमाण्डौं । ललितपुरको बज्रबाराहीमा रहेको नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीले आफनो १५ औं बार्षिकोत्सव मनाएको छ । विद्यालयले शनिवार आफनै विद्यालय प्रांगणमा एक समारोहको आयोजना गरि बार्षिकोत्सव मनाएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिलाध्वज थापाको सभापतित्व तथा वैज्ञानिक एवं अनुसन्धानकर्ता प्रा.डा. उत्तरकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले विद्यालयले गत वर्ष लिएको परिक्षामा उत्कृष्ट बन्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नूभयो । विद्यार्थीहरुले सांगितिक एवं साहित्यिक प्रस्तुती दिदै  कार्यक्रमलाई रोचक, ज्ञानबद्र्धक र भरपुर मनोरंजनात्मक बनाएका थिए । 

कार्यक्रमलाई संबोधन गर्नुहँुदै प्रमुख अतिथि श्रेष्ठले मानिसले जीवनमा थोरै सफलता र धेरै असफता भोग्ने बताउनुहँदै उत्कृष्ट बन्नका लागि प्रयास गर्न भने छाडन नहुने तर्क पेश गर्नुभयो ।

 त्यसैगरि विद्यालयका कार्यकारी निर्देशक भुपेन्द्र विक्रम थापाले विद्यालयले व्यवहारिक पक्षमाथि जोड दिदै आएको उल्लेख गर्नुहुदै अभिभावकहरुको सल्लाह, सुझावले विद्यालयलाई सुदृढ पार्न सघाउ पुग्ने बताउनुभयो । 

कार्यक्रममा विद्यालयका प्रिन्सिपल उदित भट्टले विद्यार्थी र शिक्षकको मेहनत र लगनको कदर गर्दै हौसला प्रदान गर्नु व्यवस्थापन र अभिभावकको पहिलो कर्तव्य हुने जनाउनुहुँदै हातेमालो गरेर अगाडी बढन सबैमा आग्रह गर्नुभयो । 

बज्रले यस वर्ष इकोपिचुको थिममा आधारित रहि बार्षिकोत्सव मनाएको हो । त्यस अवसरमा हिमालसहित जलवायु संबन्धी नमुना प्रस्तुती, चित्रकला प्रदर्शनी गरिएको थियो ।

धेरै पढिएको