News Desk
काठमाडौं । क्याम्ब्रिज एसेसमेण्ट इन्टरनेशनल एडुकेशन अन्तर्गत ग्लोबल कलेज इन्टरनेशनलमा ए लेभलमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा जिसिआई मोडेल युनाईटेड नेसन्स २०२३ सफलतापुर्वक सम्पन्न भएको छ । ग्लोबल कलेज इन्टरनेशनलको तत्वावधानमा ३ दिनसम्म आयोजित कार्यक्रम सोमबार समापन भएको हो । कार्यक्रम पूर्व राजपुत मोहन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेपालका लागि इजरायली राजदुत हनान गोदरको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि फ्रान्सका लागि पूर्व राजदुत श्रेष्ठले प्यासनले गर्दा कुटनीतिक क्षेत्रमा लागेको बताउनुहुँदै आफुले राजदुत, मन्त्रालयको युन महाशाखा, शिस्टाचार महापालको रुपमा कामगर्दै गर्दा राजनीतिका कारणले विभाजन ल्याउने गरेको धारणासहित अनुभव सुनाउनुभयो ।
सो अवसरमा इजरायली राजदुत गोदरले अकेजनल कार्यक्रमले मान्छेलाई परिवर्तित हुन सिकाउने बताउनुहुँदै युएनले ब्राम्हणमा नै परिवर्तन ल्याउन प्रयासरत रहेकोमा ग्लोबल कलेजका विद्यार्थीले आफनै परिवेशमाझ भविस्यका लागि तयारी गर्नु सुखद पक्ष भएको जनाउनुभयो ।
ग्लोबल कलेज इन्टरनेशनलका प्रिन्सिपल डा. सुवास श्रेष्ठले कार्यक्रमले कुटनीतिक क्षेत्र र अभ्यास बारे जान्न र पेशागत साथै व्यक्तिगत रुपमा पनि अगाडि बढन सघाउ पुग्ने बताउनु भयो ।
युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्रोफ्ट्ले युएनमा काम गर्न कुटनीतिक चातुर्यता, ज्ञान र अनुभवको आवश्यकता रहने उल्लेख गर्नुहुँदै अहिले विद्यार्थीकालदेखी कै तयारीले अगाडि बढन मद्धत पुर्याउने बताउनुभयो ।
आईडीया स्टुडियोका प्रमुख डा. छिरिङ् लामाले ग्लोबल कलेजले आयोजना गरेको यस कार्यक्रम जीवनोपयोगी हुने बताउनुभयो ।
कार्यक्रममा कलेजका ए लेभल कोअर्डिनेटर ॠषभदेव खनालले धन्यवाद ज्ञापन गर्नुहुँदै व्यवस्थित र जागरुक भएर कार्यक्रममा सहभागी भएको आफुले पाएको बताउनुभयो ।
कार्यक्रममा जिसिआई मोडेल युनाईटेड नेसन्सलाई सफल पार्न सकृय तथा कार्यपत्र प्रस्तुतकर्ता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।