सांसद प्रदिप पौडेल र काठमाडौं महानगरका मेयर बालेन शाहबीच भेटघाट
News Desk
Mar-02 , 2023 तारिख 04:49 बेलुका

भएको छ ।  भेटका क्रममा सांसद पौडेल र मेयर शाहले काठमाडौँ महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकार बीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल गरेका छन्। आज भएको छलफलमा कलंकी देखि धोबी खोला सम्म रिङ्ग रोड विस्तारलाई तिव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माणकार्य अघि बढाउने, मेलम्ची खानेपानी विस्तारलाई महानगर भित्रका सबै घरहरूमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने, हाँडी गाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने, धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्षेनी हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने, टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाट लगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने, सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्ने विषयहरूमा सहकार्य गरेर अगाडि बढ्ने दुवैले प्रतिवद्धता व्यक्त गरेका छन् ।  

'आज भएको छलफल अत्यन्तै सकारात्मक रह्यो साथै काठमाडौं महानगर प्रमुखले महानगर सुधारका निम्ति देखाउनु भएको तत्परता र ऊर्जाले उहाँ सँग निरन्तर सहकार्य हुने विश्वास लिएको छु' भेटघाट पश्चात सांसद प्रदीप पौडेलले भने। 

धेरै पढिएको