भोलीबाट अन्तरराष्ट्रिय आयुर्वेद सम्मेलन शुरु हुने
News Desk
Mar-02 , 2023 तारिख 06:13 बेलुका

 काठमाडौं । भोली फाल्गुण १९ गतेबाट २१ गतेसम्म काठमाडौंमा सातौं अन्तरराष्ट्रिय आयुर्वेद महासभा हुने भएको छ । स्थानिय आयोजक नेपाल महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले आज एक पत्रकार सम्मेलन आयोजना गरि उक्त महासभा बारे जानकारी दिएको हो ।

सो अवसरमा महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष डा. दिपक प्रकाश बाँस्कोटाले “सबैका लागि समग्र स्वास्थ्योपचार” भन्ने नाराका साथ महासभा आयोजना हुन लागेको जानकारी दिनुहुँदै यस अघि सन् २०१५मा नेदरल्याण्डको रोयतमोल्ड, सन् २०१७ मा बेलायतको लण्डन, सन् २०१८ मा नेदरल्याण्ड, सोल्भानियाको लेइडेनमा सम्पन भएको जानकारी दिनुभयो । साथै उहाँले आयुर्वेद विज्ञान वैदिकतामा आधारित रहेको स्पस्ट पार्नुभयो ।

कार्यक्रममा नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्यामबाबु यादवले महासभामा भारत, अमेरिका, नेदरल्याण्ड लगायतका देशबाट १५० भन्दा बढी आगन्तुकहरु सहभागी हुने जानकारी गराउनु भयो । त्यसैगरि अन्तरराष्ट्रिय वैदिक फाउण्डेसनका अध्यक्ष राजा किन्स्ले ब्रुकले आयुर्वेद जीवन विज्ञान रहेको बताउनुहुँदै रोगव्याधी लाग्न नदिन यसको प्रभावकारी भूमिका रहने उल्लेख गर्नुभयो । कार्यक्रम माझ नेपाल आयुर्वेद चिकित्सक संघका महासचिव प्रेरक रेग्मीले महासभा बारे प्रस्तुती दिनु भएको थियो ।

३ दिनसम्म जारी रहने महासभाको समुदघाटन शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ । महासभामा वैदिक क्षेत्रका ज्ञाता, आयुर्वेद चिकित्सक एवम् विज्ञहरुबाट ९० बिषयमा कार्यपत्र प्रस्तुत हुने बताईएको छ ।

धेरै पढिएको