News Desk
ललितपुर । ललितपुर चेम्बर अफ कमर्सले नयाँ नियुक्ती लिएर आउनुभएका ललितपुर जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप न्यौपाने तथा र ललितपुर जिल्ला प्रहरी परिसर प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक सिद्धी बिक्रम शाह, प्रहरी उपरिक्षक प्रध्युम्न पोखरेल, प्रहरी नायब उपरिक्षक भुवनेश्वरी शाह र उमेशलाल लम्साललाई स्वागत गरेको छ । ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य नेतृत्वमा गएको ललितपुर चेम्बर र ललितपुर महिला चेम्बरको प्रतिनिधि मण्डलले उहाँहरुको कार्यकक्षमा पुगी स्वागत गरेको हो ।
सो अवसरमा ललितपुरमा हुने गरेका असुरक्षाका गतिविधि, जनताहरुलाई अनुभुत हुने खालका सुरक्षाका कार्यक्रमहरु, सिसिटिभीको व्यवस्थित जडान र अनुगमन विद्यमान बजारमा आर्थिक समस्याका कारण चेक बाउन्स अत्यधिक भएको समस्याहरु र समग्रमा ललितपुर सुरक्षा व्यवस्था चुस्त दुरुस्त गराउन अनुरोध गर्दै ललितपुर चेम्बरले ज्ञापन पत्र समेत बुझाएको छ ।
उक्त सुझाव ग्रहण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी न्यौपाने तथा र बरिष्ठ प्रहरी उपरिक्षक शाहले ललितपुरलाई सुरक्षित बनाई राख्न कुनै कसर बाँकी नराख्ने र ललितपुर चेम्बर अफ कमर्ससँग हातेमालो गरि सकार्य गर्दै अघि बढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।