सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु
News Desk
Mar-12 , 2023 तारिख 11:11 बिहान

 काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको  सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए । उनका अनुसार घाइतेहरुर्ला उद्धार गरेर उपचारका लागि अस्पताल पठाउने काम जारी छ ।

धेरै पढिएको