राष्ट्रपति पौडेलले लिनुभयो पद तथा गोपनीयताको शपथ 
News Desk
Mar-13 , 2023 तारिख 01:55 बेलुका

 

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति पौडेलले सोमबार राष्ट्रपति भवन शीतल निवासमा  शपथ लिएनुभएको हो। उहाँलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाउनु भएको हो ।

रामचन्द्र पौडेल गत फागुन २५ गते बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनु भएको थियो। पौडेलले  संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार गरि कुल ३३ हजार ८०२ मतभार ल्याउनु भएको थियो। उहाँले प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई पराजीत गर्नूभएको हो।नेम्वाङले १५ हजार ५१८ मतभार ल्याउनु भएको थियो। जसमध्ये संघमा ७ हजार ७४२ र प्रदेशमा ७ हजार ७७६ मतभार छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिएको थियो। 

धेरै पढिएको