मकवानपुर बहुमुखी क्याम्पसमा अखिल संगठनले निकाले बिज्ञप्ती 
News Desk
Mar-13 , 2023 तारिख 02:08 बेलुका

हेटौडा।मकवानपुर बहुमुखी क्याम्पसका अनेरास्ववियु ,अनेरास्ववियू र अखिल क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्षहरुले  बिज्ञप्ती निकाल्दै बिद्यार्थीले आफ्नो अभिमतबाट आफ्नो प्रतिनिधि छान्ने प्रक्रियालाइ  सुनिश्चितता गर्न सबैपक्षलाइ आग्रह गरेका छन्।  बागमती प्रदेश कै राजधानी हेटौडामा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा नेविसंघ भित्रै आधिकारिकता  बिबाद देखिएपछि विकसित घटनाक्रम पश्चात उनीहरुले विज्ञप्ती जारी गरेका हुन् । 

आउँदो चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि शनिबार सुबास सापकोटा समुह र भिषण ठकुरी समुहले  छुट्टा छुट्टै मनोनयन दर्ता गरेका थिए। आइतबार क्याम्पसले  सापकोटा समुहलाई आधिकारिकता दिएको थियो। फागुन १९ गते सापकोटा समुहले क्याम्पसमा दर्ता गरेका थिए भने त्यै दिन नेविसंघ केन्द्रिय  अध्यक्षले  ठकुरीलाई क्याम्पसको  अध्यक्ष तोकेका थिए। यो बिबादका कारण क्याम्पसमा तोडफोड भएको कारण दुस्ख व्यक्त गर्दै  तिन अखिल संगठनले  बिज्ञप्ती निकालेका हुन।बिज्ञप्तीमा केहि व्यक्तिद्वारा क्याम्पसमा ढुंगा हानी क्याम्पसको सम्पतिको तोडफोड भएको प्रति ध्यानकार्षण भएको बताइएको छ।  
क्याम्पस हाता भित्र प्राज्ञिक मर्यादा कायम र शैक्षिक मर्यादा कायम गर्न क्याम्पस प्रशासनलाइ अनुरोध गर्दै मर्यादित रुपमा प्रतिस्पर्धामा सहभागी हुन् सबै पक्षलार्इ उनीहरुले आग्रह गरेका छन्। स्ववियूको निर्वाचन नजिकिएसंगै बिभिन्न पार्टीसंग आबद्द बिद्यार्थी संगठनहरु आफ्नो पक्षमा माहोल बनाउन लागिपरेको देखिएको छ।  

धेरै पढिएको