News Desk
नेकपा एमाले मकवानपुरले केन्द्रको पार्टी नीति वमोजिम मिसन ग्रासरुटलाई तिब्रता दिएको छ।यसै अर्न्तगत टोल टोलमा पनि कमिटी गरिदैछ। आज पनि हेटाैँडा १३ नं. वडाकाे हरियाली टाेल भेलाले चन्द्र नारायण श्रेष्ठकाे अध्यक्षतामा १३ सदस्य टाेल कमिटी गठन गरिएकाे छ । पार्टीले सञ्चालन गरेकाे मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९) अन्तरगत हेटाैँडा १३ काे हरियाली टाेलमा भेला भई कमिटी गठन गरियो ।
बीरबहादुर वरूवालकाे सभाध्यक्षमा नेकपा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देलकाे प्रमुख आाथित्यतामा भएकाे कार्यक्रममा सचिव सिग्देलले पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, कमिटी गठन पुनगठन, प्रशिक्षण कार्यक्रम जिल्लाव्यापी रूपमा भईरहेकाे बताएका थियो ।उनले हिजाे व्यवस्था परिवर्तन गर्न संगठन बनाईएको भए पनि अब जनताकाे शिक्षा, स्वास्थ्य, राेजगारमा सुधार ल्याउन संगठन बलियाे बनाउनु पर्ने बताए। बलियाे संगठनले नै निर्वाचन जित्ने र सरकारमा पुगेर जनअपेक्षा अनुसार काम गर्न सकिने उनको धारणा थियो। कार्यक्रममा जिल्ला सचिवालयका सदस्य ईन्द्रप्रसाद नेपाल, जिल्ला प्रतिनिधि परिषद्का सदस्य कृष्ण खतिवडा, नगर सदस्य तथा वडा ईन्चार्ज केदार गाैतम, वडा कमिटी सचिव ध्रुव दंगाललगायतकाे उपस्थिति रहेकाे थियो।