News Desk
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले राजधानी राष्ट्रिय दैनिक पत्रिकाको बरिष्ठ उपसम्पादक मधुजंग पाण्डेलाई पुरस्कृत गरेको छ । आइतबार काठमाडौमा सम्पन्न देसभरका निर्माण व्यवसायीहरुको छाता संस्था महासंघको २४ औं साधारण सभा र ‘एफक्यान एक्सिलेन्स अवार्ड’ वितरण समारोहमा पाण्डेलाई उत्कृष्ठ पत्रकारको रुपमा पुरस्कृत गरिएको हो । महासंघले मुलुकको निर्माण क्षेत्रको प्रवद्र्धन तथा पूर्वाधार विकासकालागि पत्रकारिता मार्फत उल्लेखनीय काम गरेको भन्दै व्यत्तिगततर्फ नगद पुरस्कार सहित पाण्डेलाई ‘एफक्यान उत्कृष्ट सञ्चारर्की’ पुरस्कारले सम्मान गरेको थियो ।
यसैगरि, महासंघले यसवर्षको उत्कृष्ट सहयोगी छापा माध्यामका पत्रिकातर्फबाट आर्थिक दैनिकलाई संस्थागत रुपमा सम्मान गरेको थियो । त्यसैगरि, सहयोगी टेलिभिजनतर्फ एपीवान टेलिभिजनलाई सम्मान गरेको थियो । महासंघले अनलाइन सञ्चार माध्यामतर्फबाट निर्माणपाटी डटकम र सहयोगी रेडियोतर्फ रेडियो काठमाडौलाई सम्मान गरेको थियो ।
सोही अवसरमा महासंघले विभिन्न ३८ विद्यामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको थियो । आज सोमबार काठमाडौ घोषणापत्र जारि गर्दै महासंघको साधारण सभा सम्पन्न हुँदैछ ।