निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष  बुझायो उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन
News Desk
Mar-19 , 2023 तारिख 05:12 बेलुका

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको छ । आज राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहका बीच आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाउनु भएको हो ।  सो क्रममा राष्ट्रपति पौडेलले स्थानीय तहदेखि राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताउनु भयो ।उहाँले सबै निर्वाचन निर्वाध, निष्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकाय सबैलाई धन्यवाद समेत व्यक्त गर्नूभयो ।

प्रमुख आयुक्त थपलियाले यो वर्ष आयोगको लागि निर्वाचन वर्ष भएको चर्चा गर्दै उपराष्ट्रपति निर्वाचनका बारेमा विस्तृत जानकारी गराउनु भएको थियो। त्यस क्रममा प्रमुख आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुन शम्सेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीको सहभागिता रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

धेरै पढिएको