एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित
News Desk
Mar-19 , 2023 तारिख 05:20 बेलुका

काठमाडौं ,एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित भएका छन । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले भुसाललाई महासचिवमा मनोनित गरेको हो । उक्त बैठकले हाल महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनित गरिएको छ ।

मंसिर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनअघि एमाले परित्याग गरेका घनश्याम भुसाल गत २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । त्यतिबेला उनी सचिवालय सदस्य बनेका थिए । यस्तै उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

धेरै पढिएको