मिस टिन इन्टरनेशनल नेपाल २०२३ को उपाधि अनमोललाई
News Desk
Mar-22 , 2023 तारिख 05:11 बिहान

काठमाडौं।  एभरेष्ट इभेण्टसद्वारा आयोजित मिस टिन इन्टरनेशनल नेपाल २०२३ को उपाधि अनमोल शर्माले जितेकी  छिन् । शर्माले शिर्ष उपाधीको ताज पहिरिदा प्रतियोगिता अन्तर्गत एन्जेल मगरले फर्स्ट रनर अप, आरोही बस्नेतले सेकेण्ड  रनर अप, समृद्धी छेत्री अर्गनाइजर च्वाइस, सिम्रन परियार ब्राण्ड  एम्बासडर  र मेघा बिष्टले व्युटि  विथ ब्रेनको उपाधी जित्न सफल रहे ।  

आयोजकका अनुसार विजेताले २५ हजार नगदसहित एभरेष्ट फिल्म एकेडेमीबाट  १ लाख बराबरको छात्रब्रित्ती,  नेपाल एअर होटेज एकेडेमीमा १५ हजार बराबरको ट्रेनिङ सुविधा प्राप्त गर्नेछिन् भने फर्स्ट र सेकेण्ड रनर अपले १०/१० हजार, इडिआई ग्लोबल कन्सल्टेन्सीबाट ५० हजार र २५/ २५ हजारको छात्राब्रित्ती प्राप्त गर्नेछन् । साथै, फेसन ई कमर्स  शुट, मोडलिङ कन्ट्रयाक्ट, म्युजिक भिडियो र प्रडक्ट शुट र मुख्य विजेताले कम्बोडियामा हुन गईरहेको मिस टिन इन्टरनेशनल अन्तरराष्ट्रिय मंचमा प्रतिस्पर्धामा भाग लिन पाउने आयोजक संस्थाका सिईओ कृष्ण श्रेष्ठ ( रो बेन) ले बताए ।  

सुगन्धा अधिकारी र  आर्शु महर्जनको कोरियोग्राफीमा भएको प्रतियोगितामा अनिश श्रेष्ठले फोटोग्राफी र रोजिन शाक्यले प्रोग्राम होस्ट गरेका थिए ।  कार्यक्रममा दिक्पाल कार्की, बिना श्रेष्ठ, दिपक घिमिरे, इरिना श्रेष्ठ, हटि नटि श्रेष्ठ  र अन्जिता कार्की प्रसाईले जर्जको भूमिका निभाएका थिए ।

कार्यक्रम सिंगापुर बेभरेज नेपाल, फ्रुट जेम्स जुस यो बोबा, बबल टि किटको प्रायोजनमा भएको थियो ।