१ करोडभन्दा बढीको सामग्री प्रहरी नियन्त्रणमा
Devil Singh Rajput
Mar-22 , 2023 तारिख 01:40 बेलुका

 

वीरगञ्ज - प्रहरीले वीरगञ्जबाट १ करोडभन्दा बढीको सामग्री नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरस्थित सडकखण्डबाट प्रहरीले बिलबिजकभन्दा बढीको खुद्रा, हार्डवेयर तथा लत्ताकपडा लोड रहेको २  वटा ट्रक नियन्त्रणमा लिएको हो । 

बिलविजकभन्दा बढीको खुद्रा, हार्डवेयर तथा लत्ताकपडा बोकेको ट्रक वीरगञ्जबाट नेपालगञ्जतर्फ गइरहेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको हो । चेकजाँचको क्रममा ना.८ ख १६१३ र ना. ४ ख ३८३१ नम्बरको २ वटा ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

प्रवक्ता गिरीकाअनुसार नियन्त्रीत खुद्रा, हार्डवेयर तथा लत्ताकपडालाई १ करोड ११ लाख ९९ हजार ३९ रुपैयाँ मूल्यांकन गरिएको छ । आवश्यक कारवाहीका लागि बरामद सामग्रीसहित ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

धेरै पढिएको