Devil Singh Rajput
दोहा,कतार र नेपालबिच व्यवसाय प्रवर्द्धन गर्ने उदेश्यका साथ नेपाली व्यवसायी संघ कतार र निर्यात व्यवसायी महासंघ नेपाल वीच व्यापार प्रर्वद्धन गर्ने मुख्य आभिप्रायका साथ द्धिपक्षिय सम्झौता (एमओयू)मा आईतवार एक कार्यक्रमका वीच हस्ताक्षर भएको छ ।
आइतबार नेपाली दूतावास कतारमा भएको कार्यक्रममा नेपालका उत्त्पादित मौलिक तथा विशिष्टिकृत ब्राण्डका वस्तुहरु कतार निर्यात गर्न सहयोग पुग्ने ऊद्देश्यका साथ संघ र महासंघ वीच सम्झौता गरिएको संघका महासचिव रमेश भट्टले बताए । उनले यो सम्झौताले नेपालमा उत्पादित सामानहरु कतार हुदै बिश्वबजारमा बजारीकरण गरिने आफुहरुको लक्ष्य रहेको बताए ।
संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईको सभापतित्त्व एवं कतार स्थित नेपाली कुटनितिक नियोगका महामहिम राजदुत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता र महासंघका उपाध्यक्ष गोविन्द घिमिरेको विशिष्ट आतिथ्यतामा सप्पन्न कार्यक्रममा कतारमा रहेका संघ र अन्य सँस्थाका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियोे।
उक्त कार्यक्रममा दूतावासका प्रथम सचिव भुवन भट्ट , लेवर कन्सुलर टिकामणि न्यौपाने , सरकारको पूर्ण स्वामित्व रहेको नेपाल जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महा-प्रबन्धक संगिता यादव, संघका प्रमुख संरक्षक डा. देव काजी डंगोल, संरक्षक समीर मास्के, सल्लाहकार टिबि कार्की, शंकर प्रसाद न्यौपाने , कानुनी सल्लाहकार मोहम्मद रमजान अलि मियाँ , उपाध्यक्ष आरके शर्मा लगायतको आतिथ्यता रहेको थियो ।
संघका कोषाध्यक्ष चुडामणि कार्कीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमलाई संघका उपाध्यक्ष शर्मा, सल्लाहकार कार्की, महाप्रबन्धक यादव, महासघंका उपाध्यक्ष घिमिरे लगायतले सम्बोधन गर्दै सम्झौताको मर्म र भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै सम्बोधनका क्रममा वक्ताहरुले राजदूतावासबाट अपेक्षाकृत सहयोग एवं अभिभावकीय भुमिका प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा प्रदर्शनीका लागि नेपालबाट आएका प्रतिनिधि मण्डलका सम्पूर्ण सदस्यहरू, संघ र महासंघ संग सम्बन्धित व्यवसायीहरू, संचारकर्मीहरू लगायत उपस्थित सम्पूर्णमा नेपाली व्यवसायी संघ कतारका अध्यक्ष चम्लागाईले हार्दिक कृतज्ञता व्यक्त गर्दै यो सम्झौताले संघ र महासंघ दुबैलाई फाइदा पुग्ने बताए ।
संघका सचीव पुर्ण पोखरीयाले कार्यक्रमको सहजीकरण गर्दै यो सहमतिले नेपाली उत्पादन कतार हुदै बिश्व बजारमा पुग्ने बताए ।